मानव अधिकार रक्षा गर्न पर्सा प्रहरी कटीवद्ध छ : प्रनाउ बोगटी

41

13524066_959307400848513_533163199_o

असार ११ बीरगंज – पर्साका प्रहरी नायव उपरिक्षक होबीन्द्र बोगटीले नागरिकको मानव अधिकार रक्षा गर्न पर्सा प्रहरी कटीवद्ध रहेको बताएका छन । अनौपचारिक क्षेत्र सेवा केन्द्रले शनिवार बीरगंजमा अयोजना गरेको नेपाल अधिकार वर्ष पुस्तक २०१७ अद्र्धवार्षिक पूर्व समिक्षा गोष्ठीमा बोल्दै उनले शून्य सहनशीलता ,नो भ्रष्टाचार र मानव अधिकारको रक्षा पर्सा प्रहरीको महत्वपूर्ण अभियान रहेको प्रष्ट पारे । राज्यको फ्रन्टलाईनमा बसेर जनताको जीउधनको सुरक्षामा लागेको प्रहरीसंग मानव अधिकार रक्षा गर्ने दायीत्व रहेको उनले बताए ।

उनले प्रहरीको ब्यवहारबाट मानव अधिकार रक्षा हुनु पर्ने बताए । जेलभित्र कैदीहरु कुटिएका घटनाको सन्दर्भमा सम्बन्धीत निकायमा कुरा गरेको उनले बताए । त्यहाको सुरक्षा ब्यवस्था कसरी सदृढ गर्ने र कसले गर्ने भन्ने बिषयमा माथिल्लो निकायमा कुरा पु¥याइएको उनले बताए । उनले कतिपय अवस्थामा छलछाम गर्ने र छक्याउने गरि मुद्धाहरु आउने गरेको आफनो अनुभव रहेको बताए ।

उनले महिलाहरुले आफनो लागि जाहेरी निवेदन लेखाउदा उल्टो ऋण बोक्नु पर्ने अवस्था रहेको उनले तितो अनुभव सुनाए । उनले कम्युटर प्रिन्टर र कोठाको ब्यवस्था आफूले गर्ने र महिलाहरुको जाहेरी निवेदन लेखीदिनकालागि एक जना लेखनदासको ब्यवस्था गरेर सहयोग गरिदिन संघ संस्थाहरुसंग अपिल समेत गरे । उनले निशुल्क जाहेरी लेखीदिने ब्यवस्था मिलाउन सकेमा अपराधीहरु निरुत्साहीत हुने बताए ।

ETI copy

नेपाल मानव अधिकार वर्षपुस्तक २०१७ कालागि पर्सा जिल्लामा भएका मानव अधिकार उल्लंघन सम्बन्धी घटनाको बिषयमा इन्सेक पर्साका प्रतिनिधि के.सी.लामिछानेले प्रकाश पारेका थिए । १०१६ को जनवरी देखी जुन सम्मका ६ महिनाको अवधीमा हत्याका ३ ,मानव बेचबिखनका ४ बलात्कार प्रयास १ बलात्कारका ६ बहुबिवाह २,गर्भपतनका १ घटनाहरु दर्ज भएको बताएका थिए । जिल्लामा बलात्कारका घटनाहरुमा १८ वर्ष भन्दा कम उमेरका वालिकाहरु पीडित भएको उनले बताए । बेचबिखनमा पनि वालिकाहरु धेरै रहेको उनले बताए । उनले दाइजो नपाएकै कारण अपराध बढेको बताए ।

कार्यक्रममा अधिवक्ता कमल मोहन पोख्रेलले सुधारगृहका रुपमा हेरिने कारागारमा निर्धा खालका कैदीहरुलाई त्याहाको आन्तरिक प्रशासनका मान्छेहरुले कुटपीट गर्ने गम्भिर प्रकृतिको यातना दिने गरेको बताए । उनले बलात्कारका घटनाहरु कतियप अवस्थामा बदला लिने मनोबिज्ञानबाट प्रेरीत हुने देखिएकोले राम्रो अनुसन्धान हुनु पर्नेमा जोड दिए ।

model

उनले दाइजोको निहुमा समातिएका गणेश साहको मृत्यु प्रकरण पनि मानव अधिकार उल्लघंनको घटना भएको भन्दै त्यसमा प्रहरीले शंकास्पद ब्यक्तिले पाउनु पर्ने सेवा सुविधा नदिएको आरोप लगाए । त्यस्तै पूनरावेदन अदालतबाट मुद्धाको अनुसन्धान गर्नु भनेर दिइने आदेशमा प्रहरीले मुद्धा दर्ता गर्ने परिपाटी पनि ठिक नभएको उनले बताए । अनुसनधानकालागि मुद्धा दर्ता नै गर्नु पर्छ भन्ने छैन उनले भने अदालतले एकपक्षीय रुपमा सुनेर दिने आदेशलाई सम्मान गर्ने नाममा मुद्धा दर्ता नै गर्नु पर्छ भन्ने नरहेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा,प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष अनुप तिवारी,चेस नेपालका अध्यक्ष बिनय यादव संघीय प्रेस युनियनका सह कोषाध्यक्ष सन्तोष पटेल, पत्रकारहरु अली असगर देवान,महेशचन्द्र गौतम लगायतले आफनो मन्तब्य ब्यक्त गरेका थिए । उनीहरुले इन्सेकले वर्षपुस्तकको समिक्षा गरेर राम्रो काम गर्ने गरेको बताए । मानव अधिकारका बिषयमाहरुमा जिम्मेवार निकायसंग छलफल हुने गरि इन्सेकले छलफल गर्ने गरेकोमा सहभागीहरुले प्रशंसा गरेका थिए ।