वालवालिकालागि प्रस्ताव लेखन तालिम सम्पन्न

45

13535748_1415654921785134_2073698841_n

बीरगंज ११ असार – बीरगंज उपमहानगरपालिका कार्यालयका अधिकृत शम्भू गुप्ताले कार्यक्रम संचालनकालागि समग्र योजना लिपीवद्ध गर्ने काममा आजको वालवालिकालाई दक्ष बनाउन जरुरी रहेको बताए ।

बीरगंज उपमहानगरपालिकाको सहयोग र चेस नेपालको आयोजनामा वालवालिकाहरुकालागि संचालती प्रस्ताव लेखन तालिमको शनिवार बीरगंजमा आयोजीत समापन समारोहलाई सम्बोधन गर्दै अधिकृत गुप्ताले प्रस्तवना र प्रतिवेदन लेखनको बिषय पनि प्राविधिक पक्ष भएको चर्चा गरे ।

ETI copy

उनले आजको वालवालिकालाई प्रस्तावना लेख्दा चाहिने पक्षहरुको जानकारी गराउन सक्दा राम्रो र दक्ष जनशक्तिको बिकास हुने बताए । त्यस्तै बीरगंज उपमहानगरपालिकाको समाजिक बिकास महाशाखाका प्रमुख सुनिल कर्णले कार्यक्रम सम्बन्धी प्रस्तावना लेख्न जनशक्तिको अभाव भएकोले त्यसलाई पुरा गर्न उपमहानगरले यस्तो कार्यक्रमको आवश्यकता महशुस गरेको बताए । त्यस्तै महाशाखाका उपप्रमुख मुकेश गुप्ताले वालवालिकालाई बौद्धिक ज्ञानका माध्यमले शसक्त बनाउन कार्यक्रमले सहयोग पुग्ने बताए ।

चेस नेपालका अध्यक्ष बिनय यादवको अध्यक्षतामा भएको कार्यक्रममा चेस नेपालका उपाध्यक्ष के.सी.लामिछानेले धन्यवाद ज्ञापना गरेका थिए । बीरगंज उपमहानगरपालिकाका बिभिन्न वडामा रहेका वालक्लबका ३० जना वालवालिकाको तालिममा सहभागिता रहेको थियो । तालिममा गणेश खडका र पंकज घिमिरेले सहजीकरण गरेका थिए ।