संबिधान विभेदकारी छैन : देउवा

32
फाइल तस्बिर

ललितपुर, ११ असार – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाले नेपालको नव निर्मित संबिधानले कुनै पनि जाति, वर्ग, धर्म वा समुदायमाथि विभेद नगरेको दाबि गरेका छन र संबिधान कार्यान्यवनका लागि देशमा रहेका सब्दै राजनीतिक दल र समाजका अगुवा हरु एकजुट हुनुपर्ने बताएका छन ।

आज एक कार्यक्रमलाइ सम्बोधित गर्दै कार्यक्रममा कांग्रेसका सभापति देउवाले संविधानले आरक्षणको व्यवस्था गर्नेदेखि समानुपातिक र समावेशी प्रतिनिधित्वको सुनिश्चित गरेको भन्दै लेखेका कुरालाई व्यवहारमा उतार्न सबै एकजुट हुनुपर्ने बताए र अब देशमा विकासको लागि पहल गर्न सबलाइ आग्रह गरे  ।

ETI copy

जोशी रिसर्च इन्ष्टिच्युटले शनिबार ललितपुरमा गरेको कार्यक्रममा उनले अबको डेढ वर्षभित्र तीन तहको निर्वाचन गर्नुपर्ने अवस्था रहेकाले दलहरूबीच एकता र सहमति आवश्यक रहेको बताए। उनले संविधानमा रहेका कमजोरी संशोधनमार्फत सुधार गर्न सकिने पनि बताए।

देउवाले संविधान कार्यान्वयनमा आएपछि अहिले विद्यमान धेरै विकृति अन्त्य हुने र मुलुक आर्थिक विकासको बाटोमा अगाडि बढ्ने बताए। कार्यक्रममा चार जना प्राध्यापकहरूलाई सम्मान गरिएको थियो ।