७२ वर्षिय पुजारी बिरुद्ध बलात्कारको अरोपमा उजुरी दर्ता

41

13511603_1415465135137446_1710094702_n

असार ११ बीरगंज – नाबालिका बलात्कारको अभियोगमा प्रहरीले एक जना ७२ वर्षीय पुजारी बिरुद्ध उजुरी दर्ता गरेको छ ।

पर्साको जगरनाथपुर गाविसमा रहेको हनुमान मन्दिरमा पुजारी रहेका ७२ वर्षीय रामदेव दासलाई १४ वर्षीया नाबालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले पक्राउ गरी मुद्धा प्रक्रिया अगाडि बढाएको डिएसपी होबेन्द्र बोगटीले जानकारी दिए ।

मन्दिरमा भात पकाउने काम गर्दै आएकी नाबालिकालाई विभिन्न प्रलोभनमा पारी पुजारीले बलात्कार गरेका थिए । पुजारी दासले नावालिकलाई गर्भवती बनाएपछि पीडित पक्षले प्रहरीमा जाहेरी दिएको थियो । उनी गर्भवती भएको कुरा स्वास्थ्य परिक्षणबाट पनि पुष्टी भएको पर्साका एस पी राजुबाबु श्रेष्ठले बताए ।

ETI copy

बालिकाको स्वास्थ्य परीक्षण वीरगन्जको नारायणी उपक्षेत्रीय अस्पतालमा गराइएको र परीक्षण रिपोर्ट आएपछि थप जानकारी दिन सकिने उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

अभिभावकले उजुरी दर्ता गराएपछि पुजारी दास जेठ २५ देखी लुक्दै आएकामा उनलाई असार ८ गते जगरनाथपुरबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

model