होटलमा आक्रमण, १४ जनाको मृत्यु

    63

    mogadishu_650x400_81466872207

    मोगादिशु, १२ असार – इस्लामिक समूह अल–शबाबले सोमालियाको राजधानी मोगादिशुको एक होटलमा आक्रमणमा गरेको छ ।

    आक्रमणपरी कम्तिमा १४ जनाको ज्यान गएको छ ।अल–शबाबका लडाकुले मोगादिशुको नासो हाबोल्ड होटलमा आक्रमण गरेको प्रहरीले जनाएको छ ।

    आक्रमणमा परि ज्यान गुमाउनेमा सुरक्षा गार्ड, सर्वसाधारण नागरिक र केही आक्रमणकारी रहेको सरकारी अधिकारीले बताएका छन् ।

    होटलमा रहेका व्यक्तिलाई नियन्त्रणमा राखेर अल–शबाबका लडाकुले आक्रमण गरेको प्रहरीलाई उदृतगर्दै बिबिसिले जनाएको छ ,
    अहिले भने प्रहरीले होटल आफ्नो नियन्त्रणमा लिएको छ ।

    अल–शबाबका लडाकुले होटलको मुल गेटमा आत्मघाती कार बम बिस्फोट गराएपछि अल–शबाबका लडाकु होटल भित्र प्रवेश गरेका थिए ।