डायरी र महेन्द्र

187

 

 

pic
कुमारबन्धु रुपाखेती

बि.स.२०१० तीर अंग्रेजीमा एम.ए. गरेका राजा महेन्द्रले एकदमै मनपराउने गुमनाम ब्यक्तिको नाम हो युवराज गौतम ,उनको एकमात्र काम स्वर्गिय राजालाई देशी बिदेशी राम्रा नराम्रा पुस्तकहरु पढेर सांराश सुनाउने । पढेलेखेको र पैसावालको छोरा भएकाले उनले राजा महेन्द्रले बक्सिसमा सांसद र मंत्री पद बक्सिन लाग्दा समेत लिन मानेन । उनका अनुसार स्वर्गिय राजा महेन्द्रले २०२८ सालको शुरुवात तीर आफनो निजी, नितान्त नीजि तीन डायरी उनलाई अग्रेजीमा अनुवाद गर्न सुटुक्क दिएछन । तर सोही साल माघ १७ गते राजाको स्वार्गारोहण भयो । १७ गते राजाको स्वर्गारोहण भएपछि त्यो तीन वटै गोप्य डायरी उनीसगै रहेछ । हालसालै अर्थात ४५ वर्ष पछि स्वर्गिया राजा महेन्द्रको तीन वटा अत्यन्तै महत्वपूर्ण डायरी आफूसंग रहेको खुलासा गरेका छन । उनले यसवीच उपरोक्त डायरीबारे कसैलाई नवताएको स्वर्गिय राजा बीरेन्द्रलाई समेत खोई के कति कारणले जानकारी नै गराएनन । तर स्वयं युवराज गौतमले नै एउटा पत्रिकामा भनेका छन । ती डायरीहरु अंग्रेजीमा अनुवाद गर्न सके तत्कालीन क्राउन प्रिन्स बीरेन्द्रलाई भविष्यमा राजकाज चलाउन मद्धत मिल्ने राजा महेन्द्रको निचोड रहेछ । राजाले मंत्री खाउ भन्दा किन मंत्री नबनेको भन्ने एक प्रश्नमा गौतमले केही महिना पछि पूर्व मंत्रीको पुच्छर लटकिने भएकाले इच्छा नभएको बताएका छन ।

गौतमका अनुसार ती तीन वटा डायरीमा नेपालका उच्चपदस्थ ७७ जनाको नाम उल्लेख छ । जसमा केहीलाई सम्मान गरि लेखिएको छ । र केहीलाई अवसरवादी र अपमानजनक शब्द लेखिएको छ रे । गौतमका अनुुसार त्यतिखेर उनी महेन्द्र भन्दा ३५ वर्ष कान्छो भएपनि राजाले मित्र झै ब्यवहार गर्ने र सबै महादेशका जासुसी उपन्यास देखी साहित्य कुटनीति र राजनीतिक पुस्तकहरुको निचोड सुनाउदा राजा प्रफूल्लीत हुन्थे रे ।राजाले डायरी दिदा भनेका थिए रे मित्र यो डायरी पढे पछि तपाईले यस्मा जाने बुझेका कुरा इमान्दारीपूर्वक पत्र पत्रिकामा अन्र्तवार्तामा दिए हुन्छ तर मेरो (राजाको) नाम आउनु हुदैन । यतिका छुट पाउदा समेत गौतमले ४५ वर्ष पछि किन मुख खोले । राजा बीरेन्द्रको त बंश नै बिनाश भैसकेको । उन्को अहिलेको बोलाई रहस्यमय र शंकास्पद देखिएको छ ।
कतिपय बेला त उनी राती अवेर सम्म राजालाई ऐतिहासिक पुस्तकहरु पढेर सुनाउदा भोर (बिहानी) हुनथ्यो रे । उनी राजाको बैठक कोठाको गलैचामा निदाउथे रे । युवराज बीरेन्द्रको २०२२ सालको पदयात्रा बारे महेन्द्रले डायरीमा राजधानी बुझेर मात्र देश काहा बुझन सकिन्छ र भनि प्रशंसा समेत गरेका छन रे । नेपालीपन झूप्रो झूप्रोमा खोज्नु पर्छ र पाइन्छ भन्ने राजा महेन्द्रको मुलमन्त्र रहेछ ।
डायरीमा पुराना दरवारका कर्मचारी सुरेन्द्रमान जोशी,मदुसदन राजभंडारी ,हंसमानसिंह र शारदा प्रसाद प्रधान बारे पटक पटक उल्लेख गरेका छन रे । बुवाश्री त्रिभूवन महाराजगंंज स्थित भारतीय दुतावासमा शाही शरणार्थी भएर दिल्ली पुग्दा पंडित जवाहरलाल नेहरुले नेपाल र नेपाल नरेशलाई “स्वतन्त्र राष्ट्र जस्तो ब्यवहार नगरेको” गुनासो गरेका छन । भनिन्छ प्रत्येक घटनाको बिश्लेषण गर्दा राजाले केन्द्रमा नेपाललाई राखेका छन ।
डायरीमा राजाले कतै श्रीगणेशाय नमः त कतै स्वधर्मे निधन श्रेयःपरधर्मो भयावह” वक्यांशबाट लेख शुरु गरेको देखिन्छ । भनिन्छ डायरीमा राजा वडामहाराजाधिराज पृथ्वी नारायण शाहबाट निकै प्रभावित देखिन्छन ।डायरीमा अगाडि महेन्द्रले यस्तो लेख्दैछन “राष्ट्रलाई आत्मनिर्भर बनाउन सके अरुले हेयदृष्टिले हेर्ने थिएनन की ? डायरीमा राष्ट्रीयता ,नेपाल नेपालीबारे राजाले सधै दत्तचित्त भएर चिन्तन गर्ने गरेको समेत उल्लेख छ । त्रिचन्द्र कलेजमा भएको पुस्तक प्रर्दशनी अवलोकन गर्न पुगेका राजाले पुस्तकहरुको भिडमा बि.पी.कोइराला लिखित कुनै पुस्तक नदेखे पछि नारायणीहिटीबाट बि.पी.द्वारा लिखित केही पुस्तकहरु पुस्तक प्रर्दशनलाई पठाई दिएका थिए । २०१८ सालमा महेन्द्र राजमार्ग निर्माण भै मेची महाकाली जोडिने भएपछि राजा औधी खुसी भएका थिए । डायरीको हरेक पृष्ठमा बहुआयमीक पक्षहरु छन । डायरीमा राजाले आफनी प्रेमीका गीता गुरुङ्गबाट रविन्द्र शाह जन्मीएको उल्लेख गरेका छन । एकठाउमा डायरीमा महेन्द्रले रविन्द्र भावुक र प्रतिभाशाली भएको उल्लेख गरेका छन ।
राजाले २०२८ साल फागुन ७ गते बहुदलीय ब्यवस्था घोषणा गर्ने भित्र भित्रै तयारी गरेका थिए । तर अचानक माघ १७ मा राजको ह्रदयघातबाट निधन भयो । डायरीमा उनले चीनमा माओसंगको भेट,जर्मनी जापान,ब्रिटेन रुसको भ्रमण उल्लेख छ ।
परराष्ट्र नीतिबारे महेन्द्रको डायरी स्पष्ट रुपमा कमसेकम चीन र भारतको मामिला र झगडामा हामीले सकेसम्म तटस्थ बस्नु पर्ने उल्लेख छ । राजा महेन्द्र नेपालको कुना काप्चा चाहर्ने भ्रमणशिल राजा थिए । उनले थुप्रै गीत कविता पनि लेखेका छन ।वास्तवमा महेन्द्र देशप्रेमी राजा थिए ।