बीरगंज कमर्श क्याम्पसमा खेलाडीलाई छात्रबृति

38

13530551_1417143821636244_1279821176_n बीरगंजको सबैभन्दा पुरानो नीजि क्याम्पस बीरगंज कमर्श क्याम्पसले शैक्षीक सत्र २०७३ का लागि कक्षा ११ मा नयाँ भर्ना आव्हान गरेको छ ।
क्याम्पसले एसएलसीमा “ए प्लस” ग्रेड ल्याउनेलाई शतप्रतिशत छात्रबृति दिने घोषणा गरेको छ । अपाङ्गता भएकाहरुकालागि ५० प्रतिशत छात्रबृति दिएर क्याम्पसले आफ्नो सामाजिक उत्तरदायीत्व निर्वाह गर्ने प्रयास गरेको छ ।एसएलसीमा “ए” ग्रेडमा उतीर्ण भएका बिद्यार्थीहरुलाई २५ प्रतिशत छात्रबृति दिने नीति लिएको क्याम्पसका कार्यकारी निर्देशक सुशिल भट्टराईले जानकारी दिए । 13553378_1417143861636240_1675470110_nराष्ट्रीय खेलकुद प्रतियोगितामा सहभागी भएका बिद्यार्थीहरुलाई पनि २५ प्रतिशत छात्रबृतिको ब्यवस्था गरिएको उनले बताए । खेल मार्फत समाज र राष्ट्रको निम्ति योगदान पु¥याउने बिद्यार्थीहरुको उत्साह बढोस भन्ने हेतुले उनीहरुलाई छात्रबृतिको ब्यवस्था गरिएको भट्टराईले बताए । त्यस्तै अन्तराष्ट्रीय प्रतियोगितामा सहभागी हुने बिद्यार्थीहरुकोलागि ५० प्रतिशत छात्रबृतिको ब्यवस्था गरिएको उनले बताए । क्याम्पसले २४ असार सम्म फारम बुझ्ने २५ गते प्रवेश परिक्षा संचालन गर्ने २६ गते प्रवेश परिक्षाको नतिजा प्रकाशन र २६ असार बाटै भर्ना शुरु हुने क्याम्पसले जनाएको छ । श्रावण १३ गते बिद्यार्थीरुकोलागि अभिमूखीकर13552690_1417144034969556_1090916624_nण कार्यक्रम गर्ने क्याम्पसका कार्यकारी निर्देशक प्रमुख भट्टराईले जानकारी दिए ।
आधुनीक प्रविधिको प्रयोग गरि बिद्यार्थीहरुलाई गुणत्मक शिक्षा प्रदान गर्ने क्याम्पसको लक्ष्य रहेको उनले बताए । बिद्यार्थीको प्रतिस्र्पाधत्मक क्षमतालाई बिकास गर्न कुनै कसर बाँकी नराखीने उनले बताए । प्रमुख भट्टराईले बिद्यार्थीहरुलाई ब्यवहारिक गतिविधि मार्फत ज्ञान दिने गरिएको जानकारी दिए ।