पूर्वमन्त्री मंगलसिद्धि मानन्धरको हृदयाघातबाट निधन

50

mangal-siddhi-manandhar_BnKkaiDNKP

काठमाडौँ, १७ असार – पूर्वमन्त्री डा. मंगलसिद्धि मानन्धरको ७५ वर्षको उमेरमा निधन भएको छ। एक सातादेखि काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका मानन्धरको शुक्रबार बिहान पौने ११ बजे हृदयाघातबाट निधन भएको संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए।

मानन्धर संघीय समाजवादी फोरम केन्द्रीय सल्लाहकार समितिको संयोजक थिए। उनी एकसाताअघिमात्र भारतको राजीव गान्धी मेमोरियल अस्पतालमा प्रोस्टेट क्यान्सरको उपचार गरेर स्वदेश फर्केका थिए। त्यसलगत्तै उनी नर्भिक अस्पताल भर्ना भएका थिए।

bit

६२/६३ सालको जनआन्दोलनपछि बनेको सरकारमा मानन्धर शिक्षामन्त्री थिए। मानन्धरले त्रिभुवन विश्वविद्यालयबाट भूगोल विषयमा स्नातकोत्तर गरेका छन्। उनले अमेरिकाको ओक्लहोमा युनिभर्सिटीबाट भूगोलमा विद्यावारिधि गरेका छन्।   मानन्धर त्रिभुवन विश्वविद्यालय, भूगोल विभाग प्रमुख भएका थिए। २०५१ सालमा नेकपा एमालेको नौ महिने सरकारमा उनी योजना आयोगको उपाध्यक्ष भएका थिए। काठमाडौंको न्युरोडस्थित झोंछेमा जन्मिएका उनका श्रीमतीसहित दुई छोरा र दुई छोरी छन्।