बालबालिका देशको गहना हुन : फोरम अध्यक्ष यादव

44

3

वीरगंज, १७ असार – लक्षित समुहका बालबालिकाहरुका लागि दुई दिने उद्घोषक एवं व्यक्तित्व तालिम शुरु भएको छ । समावेशी समाज नेपाल वीरगंजले होटल सम्झनामा आयोजना गरेको तालिमको उद्घाटन समारोहलाई सम्बोधन गर्दै संघीय समाजवादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदिप यादवले बालबालिकाको शिक्षा लगायत अतिरिक्त क्रियाकलापमा बिशेष ध्यान दिनुपर्ने धारणा राखेका थिए ।

बालबालिका देशको कर्णधार र गहना हुन उनीहरुको चौतर्फी बिकासको लागि परिवार मात्र होइन समाज र सम्बिन्धत क्षेत्रको महत्वपुर्ण भुमिका हुनु पर्नेमा जोड दिएका थिए । प्रमुख अतिथी समेत रहेका यादवले पहिला मधेसमा शिक्षाको अभाव भएको कारण मधेसीहरु पछि परेको बताउदै आउँदा दिनहरुमा शिक्षा क्षेत्रमा अगाडि बढनु पर्ने बताउनु भयो ।

bit

गुणस्तरीय शिक्षा एवं अनुशासित भएर कुनै पनि कार्य गरे जिवनमा अवश्य नै सफल हुने विश्वास व्यक्त गरेका थिए । कार्यक्रम संयोजक दिपक यादवको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा वीरगंज उपमहानगरपालिका समाजिक बिकास अधिकृत सुनिल कर्ण ,प्रशिक्षकद्वव भुमिका शर्मा ,सलाउदिन अहम्द लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।