अख्तियारको वेवसाइट ह्याक

51

 

काठमाडौँ, १८ असार  – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वेवसाइट www:ciaa.gov.np  ह्याक भएको छ ।  ट्युनिसियन साइबर रेसिस्टेन्स अल फलागा टिमले अख्तियारको साइटमा आफूहरुले ह्याक गरेको सूचना राखेको छ । जसमा इस्लाम नै मुख्य धर्म हो, बर्मामा मुस्लिमको हत्या बन्द गर भन्ने सन्देश राखिएको छ । साइटको पुछारमा हत्याका विभत्स तस्बिरहरु स्कोर्ल गरिएको छ । यसअघि पनि विभिन्न ह्याकर समूहले सरकारी वेवसाइटहरु ह्याक गर्ने गरेका थिए ।

bit