निजगढमा आधारभूत पत्रकारिता तालीम सम्पन्न

58

 

निगढ १८ असार – निजगढ नगरपािलका र निजगढ सूचना तथा संचार सहकारी संस्थाको आयोजनामा संचालीत दुई दिने आधारभूत पत्रकारिता तालिम शनिवार सम्पन्न भएको छ ।

निजगढ नगरपालिकाका बिभिन्न वडाबाट सहभागि २५ जना प्रशिक्षार्थीहरुलाई नेपाल पत्रकार महासंघ पर्साका निर्वतमान अध्यक्ष के.सी.लामिछाने, बारा बरिष्ठ पत्रकार गोकुल घोरसाइने फोटो पत्रकार जीतलाल श्रेष्ठ र महेश्वर अधिकारीले पत्रकारिताको बिविध बिद्यामा प्रशिक्षण दिएका थिए ।

bit

निजगढ क्षेत्रबाट पत्रकारिता पेशामा लागेका पत्रकारहरुको सीप बिकासकालागि तालिमको आयोजना गरिएको निजगढ नगरपालिकाका कार्यकारी अधिकृत बिमल पोख्रेलले बताए । उनले परिक्षणकोलागि थोरै बजेट बनियिोजन गरिएको जानकारी दिदै पत्रकारहरुले राम्रो गर्न सकेको खण्डमा बजेट चार गुणा बृद्धि गर्ने प्रतिवद्धता जनाए ।

उनले निष्पक्ष पत्रकारिता बिकासको आधार भएको चर्चा गर्दै नगरपालिका र जनताकोवीचको सम्बन्ध सेतु बन्नकालागि संचार क्षेत्रलाई अगाडि आउन अपिल गरे । निजगढका पूर्व उपाध्यक्ष अम्बिका प्रसाद चौलागाई , जिल्ला सहकारी संघका अध्यक्ष भोला गौतम लगायतले तालिममा सिकेका कुरा ब्यवहारमा लागू गर्न आग्रह गर्दै शुभकामना ब्यक्त गरेका थिए । तालिम निजगढको बिद्या सागर माध्यामिक बिद्यालयमा सम्पन्न भएको हो ।