‘सरकार परिवर्तन हुँदैन’ : रामचन्द्र पौडेल

53

बिराटनगर, १८ असार – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार परिवर्तनभन्दा पनि संविधान कार्यान्वयन नै कांग्रेसका लागि महत्वपूर्ण रहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले सरकार परिवर्तनका सम्बन्धमा पार्टीभित्र कुनै छलफल नभएको स्पष्ट पारे । उनले सत्ताभन्दा पनि संविधान कार्यान्वयनतर्फ दलहरुको ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए ।

bit

उनले स्थानीय निकायको निर्वाचन आवश्यक छ भएको भन्दै संविधानको संरचना अनुसार नै सबै निर्वाचन हुनुपर्ने बताए । संविधान पुनः लेखनका कुरा सम्भव नभएको बताउँदै नेता पौडेलले संविधान संशोधन गरेर मधेसी मोर्चाका माग सम्बोधन गर्न सकिने बताए । सरकारले वार्ताका लागि पत्र पठाएकाले अब मोर्चालाई वार्ताको माध्यमबाट समस्या समाधानका लागि अग्रसर हुन आग्रह गरे ।