अनलाईन जबको खोजीमा हुनुहुन्छ ?

283

संकलक ,हिमांशु वर्णवाल
प्रविधि ले गरेको गतिलो विकासले संसारको अधिक कुराहरुमा परविर्तन हुदै गएको छ । नयाँ प्रविधिले ल्याएको परिवर्तनले काम गर्ने तरिका नै परिवर्तन हुदै गएको छ । यसले काम गर्ने तरिका परिवर्तन गर्नुका साथै पैसा कमाउने थुप्रै अवसरहरु पनि ल्याएको छ। डिजिटल प्रविधि ले घर बसेर नै काम गरि पैसा कमाउने सुनौलो अवसर पनि ल्याएको छ । घरै बसेर थोरै समय अनलाईन काम गरि धेरै पैसा कमाउन सकिन्छ ।
यो प्रविधि दिन दिनै लोकप्रिय हुँदै गएको छ । थोरै समयमा घर बसी थुपै्र पैसा कमाउने यस अवसरले कलेज पढ्ने विद्यार्थीहरु लाई सजिलै सित पार्ट टाईम घर बसी जागिर खाने मौका प्रदान गरेको छ । जस्को कारण यो जब लोकप्रिय हुने मुख्य कारण पनि हो ।

के तपाई अनलाईन काम गरिराखनु भएछ ? ठगिनु भयोकी ?

अनलाईन जब का थुप्रै राम्रा पक्ष भएता पनि केही नराम्रा पक्षहरु पनि छन । काम गरे वापत नि ठगी गरि पैसा नदिने थुपै्र नकली कम्पनी छन् जसको प्रलोभनमा धेरै युवाहरु पनी परेका छन ।स्विकृती प्राप्त न भएका कम्पनी (वेबसाईट) हरुले पैसा दिने दावा गरे पनि ठगी गर्छन । सुरुमा लगिन आईडि बनाई दिदा काम गराउदै पैसा कमाएको नक्कली अनुभव गराई, आफनो काम सकेपछि त्यो लगिन आईडी ब्क्लक गरिन्छ र यसरी खेलिन्छ तपाईको मिहिनेत र अमुल्य समय सित धोकाको खेल ।
ठगीनु बाट कसरी जोगीने त ?
नक्कली अनलाईन जब बाट जोगिन धेरै उपायहरु पनि छन । जसले गर्दा ढुक्क भएर काम गरी पैसा कमाउन सकिन्छ ।यसरी चिन्न सकिन्छ सक्कली वेबसाईटः
१. सक्कली वेबसाईट https://  सेक्युर हुन्छ ।
२. कम्पनीको बारेमा गुगल सर्च गरि कम्पनी बारे जानकारी प्राप्त गरी काम गर्न सकिन्छ ।
३. सक्कली वेबसाईट गुगल म्याप मा भेरीफाईड कम्पनी हुन्छ ।
४. सक्कली वेबसाईटमा डयासबोर्ड प्यानल हुन्छ । जस्मा तर्पाको पहिचानको हरेक कुरा लेखने ठाँउ बनाईएको हुन्छ ।
५. सक्कली वेबसाईट ले काम गरेको बापत पैसा दिन को लागी भिसा कार्ड, मास्टर कार्ड जस्ता कार्डहरु इन्पुट गरिन्छ ।
६. सक्कली वेबसाईट ले तपाई को आइडी मोबाईलबाट वा ईमेल बाट भेरीफाई गर्छ ।
केही सक्कली वेबसाईटहरु ः

  • https://www.freelancer.com/
  • https://www.elance.com/
  • https://99designs.com/