इस्लामिक स्टेटद्वारा हिन्दु पुजारीको टाउको काटेर हत्या

    67

    धाक, १७ असार – बंगलादेशमा एक अज्ञात समूहले एक हिन्दु पुजारीको टाउको काटेर हत्या गरेको छ । बंगलादेशको झ्हिनैध जिल्लामा आज बिहान एक अज्ञात समूहले ४५ वर्षीय सयमोंदा दासको घाती रेटी हत्या गरेको बंगलादेशी प्रहरीले जानकारी दियो ।

    मन्दिर परिसरमा आज बिहानको पूजाका लागि तयारी गरिरहेका रोयमाथि मोटरसाइकल चढेर आएका तिन जना आक्रमणकारीहरुले आक्रमण गरेका थिए । मन्दिरकै बरण्डामा उनको टाउको काटी हत्या गरिएको थियो ।

    bit

    घटनाको जिम्मेवारी आफूलाई इस्लामिक स्टेट समूह बताउनेले उक्त घटनाको जिम्मेवारी लिएको स्थानीय समाचार संस्थाहरुले जनाएको छ ।

    पछिल्लो समय बंगलादेशमा आइएसको गतिविधि बढेको छ । सिया, सुफी, क्रिस्टियन लगायत धार्मिक अल्पसंख्यकहरुमाथि आक्रमणका घटनाहरु बढेका छन् ।

    गत अक्टोबरमा ढाकामा अवस्थित सियाहरुको मस्जिदमा भएको आक्रमणमा १ जनाको मृत्यु हुनको साथै ८० जना घाइते भएको थिए । लगभग १६ करोड जनसंख्या रहेको बंगलादेशमा १० प्रतिशत हिन्दु धर्मावलम्बीहरु रहेका छन् ।