जीरे खुर्सानी

262

कुमारबन्दु रुपाखेती
“छोरी भन्दा आमा तरुनी” भने झै अचेल बीरगंज उपमहानगरपालिका भन्दा त्याहाको सामाजिक बिकास शाखा यतिबेला चर्चामा छ । लामो समयदेखी स्थानीय पत्र पत्रीकाले समाजिक बिकास महाशाखाका जुनियर अधिकृत सुनील कर्ण र ना.सु मुकेश गुप्ताको नामै किटान गरि ३० प्रतीशत सम्म रकम असुली दैनिक आधा दर्जन जती कार्यक्रम गर्दै महिला, जनजाती, वालवालिका तथा अन्य रकमहरु सरेआम लखनउ लुट गर्दा समेत सरोकारवालाहरु नजुरमराएको, नगरपालिका प्रमुख कोइरालाको कानले नसुनेको देख्दा अचम्ममा परेका छन ।
नगरपालिकाको सामाजिक बिकास महाशाखाका दुई कर्मचारीले सरेआम बजेटमा लुट मच्चाइरहेको आरोप लाग्दा समेत उनीहरुलाई सो फाँटबाट नहटाउनु झनै रहस्यमय बनेको छ ।
चितवन झापा तीर यसरी महिला र बालवालिकाको बिकाश रकम चिलले चल्ला झम्टै झै झम्टीनेलाई महिलाहरुले कार्यलयमै गएर तह लगाएको इतिहास छ । तर यो बीरगंज हो ,यहा त उनीहरु नै प्रमुख तथा बिशिष्ट अतिथि हुने र स्रोताहरुले निरिहता प्रर्दशन गर्दछन ।
यस अघि भ्रष्टाचारी नेताहरुलाई ठाउँ ठाउँमा कार्यक्रम स्थलमै आम नागरिकले थप्पड हानेको इतिहास छ । भ्रष्टहरुलाई ठाउँको ठाउँमै कार्यक्रम स्थलमै नाङेगझार नपार्ने हो नेपाल सरकारले अनुदानमा पठाएको यस्ता मोटो रकमको दुरुपयोग रोकिनेवाला छैन । सदुपयोग हुनेवाला छैन । आज असार १५ गतेको सर्व राष्ट्रीय दैनीक र भोजपुरी टाइम्स दैनीकले समेत यस बिषयमा नालीबेली नै लगाएको छ । त्यती हुदा समेत त्यही सामाजिक बिकास शाखामा उनीहरु बिराजमान छन । म त यही भन्छु । “ए भाई अख्तीयार तेरा ध्यान किधर है भ्रष्टाचार और भ्रष्टाचारी इधर है । आशा गरौ “देर आए दुरुस्त आए ”स्तरमा कारवाही हुनै नै छ । भगवान एक तेरा साहारा ।