अब भाइबरमा नेपाली स्टिकरमा रमाउनुस्

172

काठमाडाै‌ं, १० असार – तपाई भाइबर चलाउनुहुन्छ ? चलाउनुहुन्छ भने अब तपाइले भाइबरमा पनि नेपाली पनको आभास गर्नुहुनेछ । किनकी भाइबरले नेपाली प्रयोगकर्ताहरुलाई लक्षित गरेर नेपाली भाषामै नयाँ स्टिकरहरु ल्याएको छ ।

नेपालमा रहेका ४५ लाख बढी भाइबर प्रयोगकर्तालाई प्राथमिकतामा राखेर उसले नेपाललाई लगानी गर्ने घोषणा समेत गरेको छ ।

भाइबरले अप्ठ्यारो, फ्रेन्डी र अंग गरी ३ वठा नयाँ स्टिकर प्याक ल्याएको छ र, नेपाली भाषामा नै रहेको यो निःशुल्क डाउनलोड गर्न सकिन्छ ।

भाइबरले ल्याएको स्टिकरहरु निकै रइमालो छ । र, यसले च्याटलाई रमाइलो बनाउनका साथै आफ्नो मुड स्टिकरमार्फत नै देखाउन सकिनेछ ।