डाक्टरहरु धरौटीमा रिहा

2555

वीरगन्ज, २० असार – वीरगन्जबाट पक्राउ परेका नक्कली शैक्षिक प्रमाणपत्रधारी ८ जना डाक्टरहरु मध्ये ६ जना रिहा भएका छन् । सिआइबीले पक्राउ गरेका आठ जना मध्ये ६ जना डाक्टर जिल्ला अदालत पर्साले तोके अनुसारको धरौटी रकम बुझाएर सोमबार रिहा भएको र धरौटी तिर्न नसकेका बा“की दुइ जना डाक्टरलाइ भने पुर्पक्षाका लागि जेल चलान गरिएको छ ।

Doctor

धरौटी रकम तिरेर रिहा हुने डाक्टरहरुमा राम कुमार प्रधान, दिनेश साह तेली, कुशराज गिरी, इर्सादुल हक, निमेषपाल रमन र सरोज कुमार सिंह रहेका छन् । धरौटी तिर्न नसकेका डाक्टर पन्नालाल पटेल र डाक्टर मोहम्मद रहुल्लाहलाइ भने जिल्ला अदालत पर्साले पुर्पक्षाका लागि जेल चलान गरेको छ ।

शैक्षिक योग्यताको प्रमाण पत्र नक्कली भएको अभियोगमा सिआइबीले वीरगन्जबाट पक्राउ गरेका ८ जना डाक्टरलाई जिल्ला अदालत पर्साले धरौटिमा रिहा गर्ने आदेश दिए पछि ६ जना अदालतमा धरौटी बापतको रकम बुझाएर रिहा भएका हुन् ।

पर्सा जिल्ला अदालतमा आइतबार र सोमबार दुइ दिन भएको थुनछेक बहश पछि मुख्य न्यायधिश महम्मद जुनैद आजादको इजलाशले डाक्टरहरुलाई धरौटिमा रिहा गर्न आदेश दिएको हो । सिआइवीको टोलीले शैक्षिक योग्यताको प्रमाण–पत्र नक्कली भएको अभियोगमा गत असार ३ गते वीरगन्जको विभिन्न स्थानबाट पक्राउ गरेका ९ जान मध्ये पर्सा प्रहरीले पर्सा जिल्लामा उपस्थित गराएका ८ जना डाक्टरलाई मुख्य न्यायधिश महम्मद जुनैद आजादको इजलाशले धरौटिमा रिहा गर्ने आदेश दिएको जिल्ला अदालत पर्साका सुचना अधिकृत माधव प्रसाद तिमल्सिनाले जानकारी दिनुभयो ।