परिणीतिले खाइन् कुकिज

196

मुम्बई, २० असार – बलिउडमा कलाकारले जे गरे पनि गसिप बन्छन् । अब कतिसम्म भने अभिनेत्री परिणीति चोपडाले कुकिज खाएको कुरा पनि अहिले चर्चामा छ । केही समयअघि तौल घटाएपछि परिणीतिले आफू खानेकुरालाई लिएर अत्यन्त सतर्क भएको बताएकी थिइन् । तर, उनले आफूलाई बुधबार सम्हाल्न सकिनन् ।

केही समयअघि भने परिणीतिले आफूले मीठो खान छोडेको बताएकी थिइन् । उनले आफूले दूध पनि चिनीविनाको खान थालेको बताएकी थिइन् । उनले पिजा–पास्ता पनि खान बन्द गरेको बताएकी थिइन् । तर, बुधबार आफूले ‘डाइट’मा ‘चिट’ गरेको भन्दै उनले सामाजिक सञ्जालमा तस्बिर सेयर गरेकी छिन् ।