पर्सा कांग्रेसको सभापतिमा चार जनाको दावेदारी

3560

बीरंगज २० असार – सभापतिको नेपाली कांग्रेस पर्साको आगामी सभापतिको दौडमा पूर्व संस्थापन पक्षको तर्फबाट अशोक जयसवालले उम्मेदवारी घोषणा गरेका छन । सोमवार पार्टीका केन्द्रीय सदस्य देवेन्द्र कोइराला निर्वाचन प्रतिनिधिको रुपमा बीरगंज आएकै दिन उनले उम्मेदवारी घोषणा गरेका हुन ।स्टेटडेलीसंग कुरा गर्दै जयसवालले भने “हिजो सचिव भएर नेतृत्व गरे अव जिल्ला भरिका साथीहरुको साथ र सहयोगले सभापति भएर नेतृत्व गर्ने अभियानमा लागे” । नेपाली कांग्रेस पर्साको आगामी नेतृत्वको बिषयमा निकै रस्साकस्सी भइरहेको बेलामा पूर्व सचिव समेत रहेका जयसवालले उम्मेदवारी घोषणा गरेपछि तत्कालीन संस्थापन पक्षमा रहेका मतदाताहरुको ध्रुवीकरण हुने संकेत देखिएको छ । यसो त हिजोको संस्थापन पक्षमामा पनि आन्तरिक किचलो भने कायमै छ ।

तर संस्थापन पक्षले उम्मेदवारी घोषणा गरेर मनोबैज्ञानिक दवाव भने सृजना गरेको छ । आजको संस्थापन हिजोको देउवा पक्षमा भने बिभिन्न तीनवटा लवी देखा परेका छन । देउवा पक्षबाट जनार्दन सिंह क्षेत्रीको तयारी चर्को छ । अजय द्विवेदी र बशिषठ नारायण कुर्मी सभापतिकोलागि मैदानमा छन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजाल जिल्लाका युवा नेताहरु राकेश सिंह सभासद अनिल रुङटा पूर्व सचिव बृहस्पतीकृष्ण श्रेष्ठ लगायतका नेताहरु सर्वसम्मत नेतृत्व चयनका पक्षमा छन र उनीहरुले त्यसकोलागि उर्पुक्त पात्र बशिष्ठ नारायाण कुर्मीलाई देखेका छन । अहिले अजय द्विवेदीको पक्षमा देखिएका अर्का केन्द्रीय सदस्य अजय चौरसियामा पनि अन्तिम क्षणमा सभापतिको सर्वसम्मत चयन प्रक्रियाप्रति सहभागि हुदै बशिष्ठ नारायणको पक्षमा जाने एक नेताले दावी गरे । ती नेताले बशिष्ठ नारायण सर्वसम्मत नेतृत्वकालागि उचित भएको दावी गरे । देउवा पक्षका द्विवेदीको पक्षमा केही क्षेत्रीय सभापतिहरु देखा परेका छन । बौद्धिक नेताको छवी बनाएका नेता द्विवेदी शसक्त दावेदार हुन।

द्विवेदीका मित्र पर्सा जिल्ला बिकास समितिका पूर्व सभापति जनार्दन सिंह क्षेत्रीले पनि यसपटक कुनै मूल्य चुकाउनु परे पनि सभापतिको दौडबाट आफूलाई बाहिर नराख्ने तयारी गरेका छन । प्रष्ट वक्ता कार्यकर्ताहरुको संरक्षणमा लागिहाल्ने सक्ने काम गर्छु भन्ने नसक्ने काम हाकाहाकी सकिदैन भनेर जवाफ दिने स्वभावका क्षेत्री आधारभूत तहका कार्यकर्ताको रुचीका नेता हुन । बिभिन्न संघसंस्थाहरुका माध्यमले समाजिक सेवामा पनि सक्रिय क्षेत्रीले आफनो आधार र शक्ति पनि जिल्लाभरिका कार्यकर्ता नै रहेको बताउने गरेका छन ।

पुरानो संस्थापनको किल्लाको रुपमा रहेको पर्सामा देउवा पक्षको सवल प्रर्दशनी भएपनि आफू भित्रकै बिभिन्न आकांक्षीहरुको ब्यवस्थापन भने चुनौतीको रुपमा रहेको छ । कांग्रेस भित्र पर्सा जिल्लालाई बिमलेन्द्र नीधि , डा.प्रकाशशरण वा रमेश रिजाल कसको नजरबाट हेर्न भन्ने त्रिकोणात्मक संघर्षका कारण पनि पर्सामा नेताहरुको ब्यवस्थापन चुनौतीपूण रहेको बिश्लेषण एकथरी कांग्रेसीहरुकै रहेको छ । सभापतिमा चार जनाको चर्चा चले पनि अन्य पदहरुमा भने आकाक्षीहरु धेरै भएपनि चर्चा खासै चलेको छैन ।