वालश्रम न्यूनीकरणकालागि परियोजना शुरु

198

बरिगंज २० असार – बीरगंज उपमहानगरपालिका बालश्रम न्यूनीकरणमा तथा वाल संरक्षणको क्षेत्रमा काम गर्ने भएको छ । बीरगंजको होटेल कुमु प्यालेसमा सोमवार अनुशिक्षण कार्यक्रमको आयोजना गरेर उपमहानगरपालिकाले यस्तो जानकारी दिएको हो ।

कार्यक्रममा बिभिन्न सरोकार समुहले बालश्रम न्यूनीकरणको कार्यविधिका बारेमा जिज्ञासा र सुझाव राखेका थिए । बीरगंजको सीमामा जोडिएका वडाहरुका वालकहरु शिक्षालयमा भन्दा पनि तस्करीको सामान ढुवानीमा अभिभावकहरुको सहमती र निर्देशमा संलग्न रहेको तथ्य फेला परेको एक संस्थाका प्रतिनिधिले बताए । त्यस्तै बिल्ला वाल क्लब संजालले २०७१ सालमा गरेको सर्भेक्षण अनुसार बीरगंजका बिभिन्न क्षेत्रमा रहेको वालश्रमीकमा भारतीयहरु पनि हाराहारीमा रहेको त्थय फेला परेको संजालका सदस्यहरुले बताएका थिए र घरेलु कामदारका रुपमा रहेकाहरुको तथ्याकं संकलन कठिन भएको उनीहरुको दावी थियो । कार्यक्रममा बीरगंजमा वाल श्रमीकको अवस्था र संख्याका बिषयमा तथ्यपूर्ण सर्भेक्षणको खाँचो रहेको सहभागीहरुले बताएका थिए ।

कार्यक्रममा बीरगंज उधोग वाणिज्य संघका प्रतिनिधि मनोज दासले आफूहरुसंग स्रोत र साधन रहेको तर सहकार्य गर्ने संस्थाहरु नरहेको बताए । उनले सहकार्य गर्ने संस्था पाए बालश्रम न्यूनीकरणकालागि सहकार्य गर्न संघ तयार रहेका बताए । युनिसेफ नेपाल र बीरगंज उपमहानगरपालिकाको सहकार्ययमा बालश्रम न्यूनीकरण सम्बन्धी परियोजना शुरु भएको हो । कार्यक्रमा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, युनिसेफ वाल अधिकार अधिकृत कामदेव खनाल ,बृजकिशोर पटेल बीरगंज उपमहानगरपालिकाका सामाजिक बिकास महाशाखा प्रमुख सुनिल कर्ण चेस नेपालका महासचिव महेश अर्याल लगायतले बिचार ब्यक्त गरेका थिए । कार्यक्रमको संचालन तवरेज अहमदले गरेका थिए ।