विश्वमा प्रत्येक ६ सेकेन्डमा एक जनाको मृत्यु धुम्रपानका कारण

199

काठमाडौँ, २० असार – धुम्रपान तथा सुर्तीजन्य प्रदार्थको सेवनबाट विश्वमा प्रत्येक ६ सेकेन्डमा एक जनाको ज्यान जाने गरेको छ । तपाईं पनि धुम्रपान गर्नुहुन्छ भने आजै छोडनुहोस् ।

विश्वमा हरेक बर्ष ६० लाख मानिसको मृत्यु धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवनबाट हुनेगरेको छ । जसमा ५४ लाख मानिस आफूले गरेको धुम्रपानको असरबाट अकालमा मृत्युवरण गर्न बाध्य भएका हुन् भने ६ लाख मानिस अरुले गरेको धुम्रपानको असरबाट मृत्यु हुने गरेको छ ।

नेपालमा ५२ प्रतिशत पुरुष र १३ प्रतिशत महिलाले धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेका छन् । नेपालमा प्रत्येक बर्ष १७ हजार भन्दा बढी मानिसको मृत्युको कारण धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन हुने गरेको छ ।