सुनको भाउ बढ्यो

151

काठमाडौं, २० असार – आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेको छ । सुन तोलाको ५८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन आइतबार तोलाको ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेको छ । चाँदी सोमबार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । युरोपियन यूनियनबाट बेलायत छुट्टिने भएपछि सुनचाँदीको भाउ लगातार बढिरहेको हो ।