स्मिता भन्छिन्,“मलाई ह्विस्की पिएर वाईल्ड सेक्स गर्न मन लाग्छ”

285

काठमाडौं, २० असार – नेपाली रंगमञ्चको मोडलिङ क्षेत्रकी चर्चित नाम हो, स्मिता थापा । थापा विभिन्न हर्कत देखाएर चर्चामा आईरहन्छीन् । उनलाई आधार मानेर लेखक राजेन्द्र थापाले खेलौना नामक पुस्तक समेत लेखेका छन् । उनै मोडल थापाले डेढ वोतल भोड्का खाएर वाईल्ड सेक्स गर्ने चाहना व्यक्त गरेकीछिन् ।

रिपोर्टर्स नेपालसँगको कुराकानीमा थापाले भनिन्,“म ह्विस्कीको पारखी हुँ, मलाई ह्विस्कीको चुस्कीसँगै वाईल्ड भएर सेक्स गर्नमा आनन्द आउँछ ।” उनले थपिन्,“जाडोमा मलाई खुकुरी रम मनपर्छ, रक्सी पिएपछि सेक्स डिजाएर हुन्छ, त्यसपछि मलाई वाईल्ड भएर सेक्स गर्न मन लाग्छ ।” आफूले अहिलेसम्म विश्वका सवै प्रकारका ब्राण्डेड रक्सी पिईसकेको उनको दाबी छ ।

आफू यो संसारमा रोमान्स गर्नकै लागि आएको दाबी गर्दै उनले भनिन्,“म ईन्जोए गर्ने केटी हुँ, मस्तीमा झुम्ने मलाई आदत लागिसकेको छ, म सेक्सी र ह्याण्डसम केटाको फ्यान हुँ ।” उनले आफ्ना जीवनबाट रोमान्स शब्द झिकिदिए त्यसले जीवनकै कुनै अर्थ नराख्ने बताईन् ।

एक छोरीकी डिभोर्सी आमा हुन स्मिता । तर उनलाई अझैपनि मनमिल्ने सेक्सी एण्ड ह्याण्डसम केटा पाए विवाह गर्ने चाहना छ । पहिलोपटक कसैलाई मन पराएर विवाह गरेकी उनी पतिले धोका दिएपछि विवाह नगर्ने मुडमा थिईन्, तर विस्तारै रोमान्समा झुम्मिन बानि लागेपछि अब त्यही डिसिजनमा नअडिने उनको सोचाई छ । पतिले आफूसँग विवाह गरिसकेपछि पनि अर्के केटीसँग रोमान्स गरेको थाहा पाएपछि अलग भएको अनुभव सुनाईन् । त्यही बखत आफूले “लोग्ने होईन, लोग्नेमान्छे चाहिन्छ” भनेको सन्दर्भ कोट्याईन् ।

पतिसँग अलग भएर बसेपनि कहिलेकाही फोनमा कुरा हुने उनले जानकारी दिईन् । खासमा छोरीसँग बोल्न पतिले आफूलाई फोन गर्ने गरेको बताईन् । यद्धपी उनले ती डिभोर्सी पतिलाई आफूले खासै वास्ता नगर्ने दाबी गरिन् ।

उनले आफूले धेरै पुरुषसँग सेक्स गरिसकेको समेत बताईन् । सेक्स उनको लागि नर्मल हो रे । उनले थपिन,“मैले अघिपनि भनें, म जन्मिएकै ईन्जोए गर्न हो, ईन्जोए भनेपछि त सेक्स……….दुनियाँदेखि मलाई कुनै मतलब छैन् ।” रंगमञ्चमा खासमा उनको उदय टु पिस फोटोसुटका साथ भएको थियो रे । ग्ल्यामरस बन्नु नै रंगमञ्चको लागि न्याय हुने उनको तर्क छ । उनी आफूलाई सुन्दरी भन्दापनि सेक्सी –कामुक) केटीको रुपमा परिचय गराउन रुचाउँछिन् । मिस पूर्वाञ्चल भएपछि आफ्नो चर्चा ह्वात्तै बढेको उनको दाबी छ ।

जीवन धान्न त्यति गाहे छैन उनलाई । तीन तीन वटा बिजनेस रन गरेर बसेकीछिन् । उनको व्युटि पार्लर, रेष्टुरेण्ट र म्यानपावरको व्यवसाय छ । मनग्गै आम्दानी भैरहेको छ । लगानी अनुसारको आउटपुट आईरहेकोमा उनी खुशी छिन् । कर्ममा विश्वास गर्ने उनी फलको कहिल्यै आशा नगर्ने गिताको सारमा विश्वास गर्छिन् ।

अन्त्यमा उनले भनिन्,“अरु त त्यस्तै हो, जीवन खुशी छ, रोमान्स भैरहेको छ, यसरी नै बाँकी जीवन बितोस्, मेरो यही चाहना ।”

साभार : रिपोर्टर नेपाल