अफगानिस्तानमा आत्मघाती आक्रमणको तयारीका क्रममा बिस्फोट, २४ को मृत्यु

    145

    बग्दाद, २१ असार – आत्मघाती आक्रमणको तयारीमा रहेका ११ जनासहित २४ जना अफगानी तालिवान विद्रोहीको सोमबार मृत्यु भएको जाबुलका प्रान्तीय प्रहरी प्रमुखले बताए।

    आत्मघाती विस्फोटन गराउने तयारीस्वरुप तयारी अवस्थामा राखिएको बम अकस्मात विस्फोट हुँदा जाबुलको प्रान्तीय राजधानी कलाटमा मृत्यु भएको प्रान्तीय प्रहरी प्रमुख गुलाम जिलानी फराहीले बताए।

    तालिवान विद्रोही समूहका लडाकूले आत्मघाती आक्रमणका लागि खाक–ए इलाकास्थित आक्रमणस्थलमा तयारी अवस्थामा राखेको ज्याकेट चलाउँदा विस्फोट भई उनीहरुको मृत्यु भएको बताइएको छ।

    तर यसबारे तालिवान समूहले सोमबार अबेरसम्म कुनै प्रतिक्रिया जनाइसकेको छैन। रासस