झमक घिमिरेलाई ५ लाख उपचार खर्च

113

काठमाडौँ, २१ असार – प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार झमककुमारी घिमिरेको स्वास्थ्यमा सुधार ल्याउन र शारीरिकरुपमा सवल बनाउन सरकारले सहयोग गर्ने बताएका छन् ।

साहित्यकार घिमिरेको ३५औं जन्मदिनको अवसरमा मंगलबार राजधानीमा गरिएको कार्यक्रममा प्रधानमन्त्री ओलीले साहित्यकार घिमिरेलाई ५ लाख रुपैयाँ उपचार खर्च दिने निर्णय भएको जानकारी दिए ।

सो अवसरमा प्रधानमन्त्री ओलीले साहित्यकार झमक घिमिरेको कवितासंग्रह ‘प्रेमिल आकाश’, चर्चित कृति ‘जीवन काँडा कि फूल’को हिन्दी अनुवाद र गीति क्यासेटको पनि विमोचन गरे ।

धनकुटामा जन्मिएकी साहित्यकार घिमिरे सानैदेखि असक्त रहँदै आएकी छन् ।

शारीरिकरुपमा अशक्त भएपनि घिमिरले खुट्टाले साहित्य सिर्जना गर्दै आएकी छन् । उनका १५ ओटा कृति प्रकाशित भइसकेका छन्