डाक्टर अभावमा पोखरिया अस्पतालको बिजोग

324

वीरगंज, २१ असार – पोखरिया अस्पताल डाक्टरको अभावमा बेहाल भएको छ । उपचार गराउन आउने बिरामीहरू अहिले उपचार नपाई घर फर्कनुपरेको पोखरिया नपा– ४ निवासी हमिद मियाँको भनाइ छ ।

आज डाक्टरहरू अस्पातल नआउँदा निजी स्रोतबाट काम गर्ने अहेब नीलम साहले रोगीहरूलाई उपचार गरेकी थिइन् । अस्पतालमा डाक्टरहरूको दरबन्दी भए पनि समयमा नआउने, आए पनि आलोपाली गरी आउने गरेको अस्पताल नजिकै रहेका औषधी पसलेहरू बताउँछन् । आज दिउँसोसम्म सो अस्पतलामा पुग्दा पिएन, एकजना अहेब र एक्सरे कमर्चारीबाहेक कोही भेटिएन । बिरामीहरू उपचारको अभावमा सदरमुकाम वा पोखरियास्थित निजी क्लिनिकहरूमा उपचारका लागि पुगेको स्थानीय बासिन्दाको आरोप छ ।

सोही क्रममा पोखरिया अस्पतालमा आज दिउँसो १ बजे पुग्दा डा.अशोक चौरसिया तथा डा. अनिसा महतो, अहेब नरेश साह, रामनरायण सिंह पोखरिया अस्पताल पुगेका थिएनन् । बिरामीहरूको चाप डाक्टरको सट्टा अहेब नीलम कुमारले सहनुपरेको देखियो । यस बिषयमा अहेब नीलम सिंहसँग बुझ्दा ९ बजेसम्म डाक्टरहरू आइपुग्ने समय रहेको तर अहिलेसम्म किन कोही आएन बताउन चाहिनन् ।

परिर्वतित हावापानीको कारण गाउँदेखी शहरसम्म भाइरल ज्वरोको प्रकोप बढेको छ । गाउँका हेल्थ पोस्टदेखि शहरसम्म बिरामीहरूको चाप बढेको छ । अस्पतालहरूमा बिरामीको चाप बढेपछि अहिले उपचार गराउन ठाउँसमेत नपाएको देखिन्छ । तर डाक्टरहरूको लापरवाहीले हदै नाघेको छ । प्रतिक दैनिक बाट