पर्साको उत्कृष्ट सेन्ट जेभियर्स

756

वीरगञ्ज, २१ असार – एसएलसी दिएर उच्च शिक्षा हासिल गर्ने विद्यार्थीका लागि पर्सा जिल्लाकै उत्कृष्ट “प्लस टु” का रुपमा सेन्ट जेभियर्स उच्च मा.वि. रहेको छ । विज्ञान तथा व्यवस्थापन विषय अध्यापन हुने यो उच्च माविले २०६७ सालदेखि प्लस टु सञ्चालनमा ल्याएको हो । कलेजले उच्च मा.वि. शिक्षा परिषद्को वार्षिक परीक्षामा ७० प्रतिशत भन्दा बढी विद्यार्थी उर्तीण भएका छन् । कलेजले २०७१ सालको परीक्षामा जिल्ला टप गरेर उत्कृष्टताको प्रमाण दिइसकेको छ ।

कलेजमा म्यानेजमेन्टतर्फ दुई सेक्सन र विज्ञानमा एक सेक्सनको पढाई हुन्छ । २०७२ सालको परीक्षामा कलेजबाट सहभागी विद्यार्थीको नतिजा उत्कृष्ट रहेको कलेजका प्रिन्सिपल हरिशंकर शाहले बताए । “हामीले गुणस्तरीयलाई प्राथमिकतामा राखेका छौं ।” प्रिन्सिपलको भनाई छ ।

अनुभवी प्रध्यापकबाट शिक्षण गराउने सेन्ट जेभियर्सले त्रिविका मान्यताप्राप्त प्रध्यापकहरुबाट अध्यापन गराउने गरेको छ । प्लस टु मा अध्ययन गर्ने विद्यार्थीहरु किशोर उमेरका हुने भएकाले उनीहरुको शारीरिक तथा मानसिक विकासका लागि अनुभवी र विद्यार्थी मैत्री प्रध्यापक हुनु जरुरी छ । प्रिन्सिपल शाह भन्नुहुन्छ ।

कलेजले विद्यार्थीको मानसिक शारीरिक विकासका लागि अतिरिक्त क्रियाकलापमा विशेष ध्यान दिएको शाहले बताए । कलेज हाताभित्रै खेलकुदका विभिन्न पूर्वाधारहरु छन् । विद्यार्थीमा अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउन समय–समयमा विभिन्न खालका प्रतियोगिता आयोजना गर्ने गरेको छ । यहाँका विद्यार्थीहरुले विभिन्न राष्ट्रिय तहका प्रतियोगितामा सहभागीता जनाएर पुरस्कृत समेत भएका छन् ।

प्लस टु पढ्ने विद्यार्थी भनेको औषत १६ देखि १७ वर्षको उमेर समूहका हुन्छन् । यो समय भनेको जिज्ञासु, चन्चले र विपरित लिङ्गीप्रति आकर्षित हुने समय हो यस्तो बेलामा कलेजमा प्राध्यापकले सही गाईड गर्न सकेनन् भने विद्यार्थीको भविष्य विग्रन सक्छ । सेन्ट जेभियर्सले विद्यार्थीलाई सही ढङ्गले गाईड गर्नसक्ने भएकोले पर्सा जिल्लाका विद्यार्थीका लागि यो कलेज उपयुक्त हुनेछ ।