पशुपतिनगरमा वृक्षरोपण

119

बीरगंज २१ असार –पर्साको वागवाना गाविस वडा नम्बर ९ पशुपतिनगरमा वृक्षरोपण अभियान सुरु गरिएको छ ।

जादुबाबा वन उपभोक्ता उपसमिति र सामुदायिक वन उपभोक्ता जिल्ला महासंघ पर्साको संयुक्त आयोजनामा सुरु गरिएको वृक्षरोपण कार्यक्रममा आज आँपको सयवटा विरुवा र अन्य मसला, सिसौ, खयर सिमल डाले घाँस प्रजातिको विरुवा रोपिएको छ ।

वन उपभोत्ता उपसमितिकी अध्यक्ष रेखा सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा मधुवन मथवलका सेक्टर प्रमुख सरजुग चौरसिया न्यायका लागि द्वन्द्व पीडित समाज पर्साका अध्यक्ष बालकृष्ण श्रेष्ठ, कमल चौधरी, कैलाश दास थारु लगायको सहभागिता रहेको थियो । ८.५ हेक्टर क्षेत्रफलमा करिब १३ हजार विरुवा रोप्ने लक्ष्य रहेको बालकृष्ण श्रेष्ठले जानकारी दिए ।