फेसबुक न्युज फिडमा परिवर्तन

298

काठमाडौँ, २१ असार – फेसबुक प्रयोग गर्दै जाँदा साथीहरु थपिने र लाइक गरेका पेजहरु थपिने क्रम पनि बढ्दै जान्छ । तपाई दिनमा एक वा दुई घण्टा फेसबुक चलाउँनु हुन्छ भने तपाईले फेसबुकमा भएका धेरै कुराहरु देख्न छुटाउँनु भएको हुन्छ । न्युज फिडमा लगातार थपिइरहेका पोस्टहरुले पुराना पोस्टहरु छोपिदै जान्छन् भने कति त तपाईको न्युज फिडमा आइ पुग्न पनि सक्दैनन् । संसारभरका फेसबुक प्रयोगकर्ताले यो समस्या भोगिरहेका हुन्छन् जसमा उनीहरुले आफ्नै साथीका स्टाटस अपडेटहरु हेर्न पाइरहेका हुदैनन् ।

तर अब यो समस्या केहि हदसम्म हट्ने देखिएको छ । फेसबुकले गत जुन २९ मा आफ्नो न्युज फिडमा देखिने पोस्टहरुको प्राथमिकतामा महत्वपुर्ण परिवर्तन गरेको छ । उसले न्युज फिडमा पोस्टहरु देखिने प्राथमिकता फेरवदल गर्दै सबैभन्दा माथी परिवार वा साथीहरुका स्टाटस देखिने बनाएको छ र त्यसपछि मात्रै तपाईले लाइक वा फलो गर्नु भएका पेजहरुका अपडेटहरु देखिनेछन् ।

फेसबुकका इन्जिनियरिङ निर्देशक लार्स ब्याकस्ट्रोमले जुन २९ मा एउटा ब्लग प्रकाशित गर्दै भनेका छन् कि फेसबुक बनेकै परिवार र साथीहरुलाई जोड्नका लागि हो । फेसबुक सँधै यो कुराको हेक्का राखिरहने छ । यसैले अब आउँदो परिवर्तन न्युज फिडलाई त्यस्तो बनाउँनु हुनेछ जसमा साथीहरुका पोस्टहरु छुटाउँनु नपरोस् ।