बीरगंजमा पहिलोपटक खोज पत्रकारिता तालिमको प्रारम्भ

134

बीरगंज २१ असार – नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र विष्टले सूचनाको हक तथा अनुसन्धान मुलक पत्रकारिताको अभ्यासले तराई र मधेसको सम्बृद्धिमा बिकास पुग्ने बताए । महासंघ केन्द्रको सहयोगमा पर्सा शाखाले मंगलवार देखी आयोजना गरेको चार दिने खोज पत्रकारिता तालिमको होटेल मकालुमा उद्धघाटन गर्दै उनले तराई मधेशका समस्या र विकृति विसंगति अन्त्य गर्नकालागि तालिम प्रभावकारी सिद्ध हुने बताए ।

नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जाराको सभापतित्वमा सम्पन्न तालिमको उद्घाटन सत्रमा महासंघका केन्द्रीय कोषाध्यक्ष सुर्यमणि गौतम, मध्यमाञ्चल संयोजक शितल महतो, पुर्व मध्यमाञ्चल संयोजक महेश दास, नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य एवं मधेस बिभाग प्रमुख बिजय कुशवाहा, प्रेस चौतीरी नेपाल पर्साका अध्यक्ष अनुप तिवारी लगायतले मन्तब्य ब्यक्त गरेका थिए । । तालिममा नारायणी अंचलका वारा, पर्सा, रौतहट जिल्लाका ३० जना क्रियाशिल पत्रकारहरुको सहभागीता रहको छ । तालिमको उद्घाटन सत्रको सहीजकरण महासंघ पर्साका सचिव कृष्ण उदास खनालले गरेका थिए ।

४ दिनसम्म चल्ने तालीममा महासंघका पुर्ब केन्द्रीय अध्यक्ष शिव गाउंले, जेवी बिश्वकर्माले खोज पत्रकारिता र सूचनाको हक र त्यसलाई कार्यन्वयन गरेर अघि बढ्दा पत्रकारिता क्षेत्रमा हुने बिबिध बिकासको बारेमा प्रकाश पार्नुहुने छ । मंगलवार तालिममा महासंघका अध्यक्ष डा . बिष्ट र नेपाल पत्रकार महासंघका पुर्ब उपाध्याक्ष गोबिन्द आचार्यले सूचनाको हकका बिषयमा प्रशिक्षण दिएका थिए ।