मोदीले गरे क्याबिनेट विस्तार, थपे १९ नयाँ मन्त्रि

    329

    नयाँ दिल्ली, २१ असार – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रीमण्डल विस्तार गरेका छन् । मोदी क्याबिनेटमा १० राज्यबाट १९ नयाँ अनुहार थपिएका छन् ।

    राष्ट्रपति भवनको अशोका हलमा राष्ट्रपति प्रणव मुखर्जीले ७ मन्त्री र १२ राज्यमन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ खुवाएका छन् ।

    को-को थपिए ?

    सबैभन्दा पहिले वन एवम् पर्यावरण मन्त्रीको रुपमा प्रकाश जावडेकरले सपथ लिएका छन् । यसअघि राज्यमन्त्री रहेका प्रकाशले यसपटक मन्त्री पद पाएका हुन् ।

    यसैगरी फग्गन सिंह कुलस्ते, एसएस अहलुवालिया, रमेश जिगाजिगानी, विजय गोयल, रामदास अठावले, अनिल माधव दवे, पुरुषोत्तम रुपाला, एमजे अकबर पनि मोदी क्याबिनेटमा स्थान पाएका छन् ।

    अर्जुनराम मेघवाल, जसवन्त सिंह भांभोर, डा. महेन्द्रनाथ पाण्डे, अजय टमटा, कृष्णा राज, मनसुख लाल माण्डविया, सीआर चौधरी, अनुपि्रया पटेल, पीपी चौधरी र सुभाष राम रावले पनि मंगलबारै सपथ लिएका छन् ।

    सन् २०१४ मा मोदी प्रधानमन्त्री बनेपछि मन्त्रीमण्डल विस्तार भएको यो दोस्रोपटक हो । हाल मोदी क्याबिनेटमा ६४ मन्त्री छन् । भारतको संविधानअनुसार केन्द्रीय मन्त्रीमण्डलमा अधिकत ८२ मन्त्री रहन्छन्