शिक्षा पत्रकारको अन्तरक्रिया सम्पन्न

109

बीरगंज २१ असार – शिक्षा पत्रकार समुहको आयोजना एकदिने बिद्यालय शान्ति क्षेत्र घोषणा सम्बन्धि अन्तरक्रिया सम्पन्न भएको छ । समाजिक संस्था जिल्ला समन्वय समिति पर्साको सभाहलमा सम्पन्न भएको अन्तरक्रियामा शिक्षा पत्रकार समूहका प्रतिनिधि राजु बरालले बिद्यालय शान्ति क्षेत्रका बिबिध पक्षका बारेमा प्रकाश पारेका थिए ।

अन्तरक्रियाकोे अध्यक्षता सामाजिक संस्था जिल्ला समन्वय समिति पर्साका महासचित्र रामप्रबेश साहले गरेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष श्याम बन्जाराले तालिममको बिबिध पक्षका बारेमा प्रकाश पारेका थिए । कार्यक्रमको उद्घाटन समारोहमा जिल्ला शिक्षा कार्यालयका महन्थ यादब, पत्रकार बिजय भण्डारी, बिजय चौहान, महेशचन्द्र गौतम, रितेश त्रिपाठी, अनुप तिवारी, आर.के पटेल, युनिसेफका बृजकिशोर पटेल लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

तालिमको संचालन शिक्षा पत्रकार समूहका संयोजक के. सी. लामिछानेले गरेका थिए । कार्यक्रममा बीरगंजका पत्रकार सहित अन्य सरोकारवालहरुको सहभासिगता रहेको थियो ।