सात जना अपाङ्गहरुलाई ह्वील चियर वितरण

234

वीरगञ्ज, २१ असार – पर्सा क्षेत्र नं. १ का सांसद राजेन्द्र बहादुर अमात्यले सात जना अपाङ्गहरुलाई ह्वील चियर गरेका छन् । जिल्ला अपाङ्ग समन्वय समिती पर्साद्वारा आयोजित कार्यक्रममा सांसद अमात्यले फरक क्षमता भएका व्यक्तिहरुको व्यक्तित्व विकासका लागि सरकारी सेवा सुविधामा वृद्धि भएको कुरामा जोड दिएका थिए । उनले जिल्ला अपाङ्ग समन्वय समिति पर्सालाई संसदीय विकास कोषबाट १ लाख रुपैयाँ नगद सहयोग गर्ने घोषणा समेत गरेका छन् ।

जिल्ला अपाङ्ग समन्वय समिति पर्साका उपाध्यक्ष संतोष सिंहको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेसका नेता प्रकाश उपाध्याय, पूर्व नगर सभापति महम्मद सहाबुदीन, प्रेस युनियनका विजय कुशवाहा, नेपाल अपाङ्ग संघ पर्साका अध्यक्ष शम्भु पासवान, आदिवासी जनजाति जिल्ला समन्वय समितिका उपाध्यक्ष किरण डंगोल, लगायतले मन्तब्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमको सहजिकरण प्रदिप चौरसियाले गरेका थिए ।