१६ जुलाईबाट क्याट्रिना पनि सामाजिक सञ्जालमा

142

मुम्बई, २२ असार – बलिउड कलाकार सैफ अलि खान, करिना कपुर, ऐश्वर्या राय बच्चन र क्याट्रिना कैफ अहिलेसम्म सामाजिक सञ्जालमा थिएनन् । तर, अब उनीहरू पनि बिस्तारै सामाजिक सञ्जालमा देखिन थालेका छन् ।

तर, यो उनीहरूको रोजाइका कारण होइन, व्यावसायिक फाइदाका लागि हो । क्याट्रिना पनि अब सामाजिक सञ्जालमा जोडिने भएकी छिन् ।

जन्मदिनको अवसर पारेर उनले १६ जुलाईबाट फेसबुक, ट्विटर र इन्स्टाग्राममा एकाउन्ट बनाउने घोषणा गरेकी छिन् । क्याट्रिनाले यसरी सामाजिक सञ्जालमा आउने निर्णयचाहिा फिल्मको प्रचार गर्नु हो ।

सेप्टेम्बरमा आउने फिल्म ‘बार–बार देखो’ र ‘जग्गा जासुस’को प्रचारका लागि उनी सामाजिक सञ्जालमा जोडिन खोजेको भारतीय मिडियामा चर्चा छ ।