आरक्षले धार्मिक आस्थामाठि ठेस पुयाएको आरोप

185

वीरगंज, २२ असार÷
दुग्धेश्वरनाथ महादेव मन्दिर निर्माण तथा संरक्षण समिति पर्साले असार २४ गते सम्बन्धित सरोकारवालाहरु संग वृहत छलफल एवं अन्र्तक्रिया कार्यक्रम गर्ने भएको छ । मन्दिर निर्माण एवं मेला व्यवस्थापन सम्बन्धमा हुने अन्र्तक्रियामा सांसद , राजनीतिक दलका नेता ,सुरक्षा निकायका प्रमुख , सरोकारवाला संग असार २४ गते बिहान ११ बजे जिल्ला बिकास समिति पर्साको सभाहलमा आयोजना गरिएको गणेश पंजियारले बताए । पर्साको गाबिस सोनवर्षा वडा नं. ९ हाल पर्सा वन्य जन्तु आरक्ष अन्र्तगत पर्ने श्री श्री १०८ दुग्धेश्वरनाथ महादेव मन्दिरमा हरेक वर्ष भब्य मेला लाग्ने गरेको छ । सो मेला भाठा मेलाका रुपमा नेपाल र उत्तर भारतमा प्रख्यात समेत छ । मेलामा नेपालर भारतका लाखौं श्रद्धालुहरु जल चढाउन आउने गर्दछन् । बर्षमा चार पटक बिशेष मेला एवं पाठपुजा हुने गरेको समितिका अध्यक्ष राजेश्वर महतोले बताए । महतोका अनुसार साउन महिनाभरी , माघ श्रीपञ्चमी , फागनु तेरस शिवरात्री र बैशाख तेरसको दिन जल चढाउने र भव्य मेला हुने हुदाँ लाखौंको सहभागिता हुने गर्दछ । मेला समितिका अध्यक्ष बिगा चौधरीका अनुसार ऐतिहासिक महत्व बोकेको एवं हजारौ बर्षो देखि श्रद्धालुहरु पाठपुजा गर्दै आएको भाठा मेलालाई केही तत्वहरुले बिस्थापित गर्न षडयन्त्र गरिरहेको आरोप लगाए । भवानीपुर काँवरिया संघका उपाध्यक्ष गेनालाल पटेलका अनुसार हिन्दू धर्मावालम्बीहरुको बिशेष आस्था रहेको दुग्धेश्वरनाथ महादेव मन्दीरको पाठपुजा एवं मेलालाई अझ आर्कषक एवं भव्य बनाउन सरोकारवालाले आ आफनो तर्फबाट भुमिका निर्वाह गर्न अनुरोध गर्दै यसको संरक्षण र संवद्र्धनमा लाग्न अपिल गरेका छन । पर्सामा ऐतिहासिक महत्व बोकेको र जिल्लाको सास्कृतिक एवं धार्मिक पहिचानसंग जोडिएको हुनाले मन्दीरको उन्नती र प्रगती जिल्लावासीहरुको प्रमुख दायित्व रहेको उनले बताए । यसैवीच पर्साबन्यजन्तु आरक्षले असार २८ गते एक पत्र लेखेर भाठामा निर्माण भइरहेको धर्मशालाको निर्र्माण कार्य रोक्ने आदेश दिएको छ । सेनाको आधारभार स्थित दुर्गादल गुल्मलाई पत्राचार गरि आफ्नो प्रत्यक्ष निगरानीमा निर्माण कार्य रोक्नु भनी आरक्षले आदेश दिएको हो । वर्षेनी लाखौ श्रद्धालु भक्तजनहरु आफनो आस्थाको धरोहरमा श्रद्धापूर्वक जल चढाउन जाने गर्छन । लाखौ श्रद्धालुहरु पुग्ने स्थानमा थप धर्मशालाहरु निर्माण हुनु पर्नेमा काम रोक्काको आदेश गरेर आरक्षले धार्मिक आस्थामाथि ठेस पु¥याएको मन्दीर ब्यवस्थापन संलग्न स्थानीयले टिप्पणी गरेका छन ।