कसरी र किन मनाइन्छ ईद ?

1793

इम्तियाज अन्सारी

मुस्लिम समुदायको अहिले रमजान अर्थात् एकमहिने व्रत रोजा सकेको छ । रोजा ईद पर्व मनाएर सकिन्छ । ईद कुन दिन पर्ने भन्ने यसका धर्मगुरुहरूले चन्द्रमा हेरेर बताउने गर्छन् । यसपालि ईद बिहीबार परेको छ ।

ईद इस्लाम धर्मावलम्बीहरूको महान् पर्व हो, यसलाई ईद उल फित्र पनि भनिन्छ । यो पर्व नेपालसहित भारत, अफगानिस्तान, बंगलादेश लगायत इस्लामिक मुलुकहरूमा हर्षोल्लासका साथ मनाइन्छ । इस्लामिक मुलुकमध्ये पनि दक्षिण एसियाली मुलुकमा यसलाई एकै दिन मनाइन्छ भने अन्य इस्लामिक मुलुकमा त्यसको अघिल्लो दिन नै मनाइन्छ । किनभने, अन्य मुलुकहरूमा रमजान पनि अघिल्लो दिन नै सुरु भएको हुन्छ ।

इस्लाम धर्ममा दुई मुख्य चाड छन्— ईद र बकर ईद । ‘ईद’को शाब्दिक अर्थ नै ‘खुसी’ भनी कुरानमा लेखिएको छ । रोजा व्रतले तन, मन शुद्ध गराउने मानिन्छ । त्यसैले एकमहिने रोजा व्रत पूरा हुनुलाई उनीहरू सफलता मान्दछन् । यो सफलताको खुसी र ईदको खुसीमा मुसलमानहरू इदगाहमा जम्मा भएर नमाज पढ्छन् । इदगाह कहाँ बनाउने भन्ने पायकअनुसार तोकिएको हुन्छ । इदगाह भनेको खुला चौर हो ।

इस्लाम धर्ममा दुई मुख्य चाड छन्— ईद र बकर ईद । ‘ईद’को शाब्दिक अर्थ नै ‘खुसी’ भनी कुरानमा लेखिएको छ । रोजा व्रतले तन, मन शुद्ध गराउने मानिन्छ । त्यसैले एकमहिने रोजा व्रत पूरा हुनुलाई उनीहरू सफलता मान्दछन् । यो सफलताको खुसी र ईदको खुसीमा मुसलमानहरू इदगाहमा जम्मा भएर नमाज पढ्छन् । इदगाह कहाँ बनाउने भन्ने पायकअनुसार तोकिएको हुन्छ । इदगाह भनेको खुला चौर हो ।

अरेबिक पात्रो हिजरी संवत्को रमजानल मुबारक महिनाभर रोजा, व्रत बसिसकेपछि रोजाको अन्तिम दिन मुसलमानले महान चाड इर्द उल फित्र मनाउँछन् । हिजरी संवत्को आठौं महिना साबानेको अन्तिम तारिखमा आकाशमा चन्द्रमा उदाएपछि रोजा सुरु हुन्छ । र, ईद मनाएर अन्त्य गरिन्छ ।

ईदको दिन इस्लाम धर्मावलम्बीहरू बिहानै उठ्छन् । नुहाइ–धुवाई गरी चोखो बन्छन् । अनि सेवई, खजुर, फलफूललगायत मीठा परिकार खाने प्रचलन छ । ईदमा मुसलमानहरू सफा, राम्रा कपडा र अत्तर लगाएर इदगाह वा मस्जिदमा गएर इदको नमाज पढ्छन् । नमाज पढिसकेपछि एक–अर्कासँग अंकमाल गर्दै ईदको शुभकामना आदान–प्रदान गर्ने गर्छन् । एक–अर्कासँगको अंकमालले भाइचारा र आत्मीयता बढ्ने मुसलमानहरू विश्वास गर्छन् । ईदमा आफन्त र छिमेकीहरूलाई पनि बोलाएर खुवाउने, भेटघाट गर्ने गरिन्छ । ठूलाले सानालाई आशीर्वादसँगै दक्षिणा दिने पनि प्रचलन छ । यसरी सामाजिक मेलमिलाप, पारिवारिक माया र सबै मुसलमानप्रति सद्भाव कायम राख्नु नै इदको मुख्य उद्देश्य देखिन्छ ।

ईदमा मुसलमानहरू सफा, राम्रा कपडा र अत्तर लगाएर इदगाह वा मस्जिदमा गएर इदको नमाज पढ्छन् । नमाज पढिसकेपछि एक–अर्कासँग अंकमाल गर्दै ईदको शुभकामना आदान–प्रदान गर्ने गर्छन् । एक–अर्कासँगको अंकमालले भाइचारा र आत्मीयता बढ्ने मुसलमानहरू विश्वास गर्छन् ।

ईदका अवसरमा सक्नेले गरिब र अभावमा भएकालाई पैसा, खानेकुरा, कपडा दान गर्ने पनि गरिन्छ । ईदको दिन दान दिनु इस्लाम धर्ममा अनिवार्य नै छ ।

दान दिँदा दुई वर्गबीच सद्भाव, माया, सम्मान कायम रहने र वर्गभेद पनि हट्ने विश्वास गरिन्छ । विशेषगरी रोजा अवधिभर भोकै बसेर सांसारिक कुराबाट टाढा बस्छन्, मुसलमानहरु । रोजा अवधिभरको अभ्यासले पुण्य कमाएको, पाप पखालिएको, ईष्र्या झुट, लोभबाट टाढा बस्न पाएको वा सकेको अवसरमा इद मनाइन्छ । यसैले इदको धेरै महत्त्व रहेको मुसलमानहरू विश्वास गर्छन् ।

इस्लाम धर्ममा दुई मुख्य चाड छन्— ईद र बकर ईद । ‘ईद’को शाब्दिक अर्थ नै ‘खुसी’ भनी कुरानमा लेखिएको छ । रोजा व्रतले तन, मन शुद्ध गराउने मानिन्छ । त्यसैले एकमहिने रोजा व्रत पूरा हुनुलाई उनीहरू सफलता मान्दछन् । यो सफलताको खुसी र ईदको खुसीमा मुसलमानहरू इदगाहमा जम्मा भएर नमाज पढ्छन् । इदगाह कहाँ बनाउने भन्ने पायकअनुसार तोकिएको हुन्छ । इदगाह भनेको खुला चौर हो । चौर नभएको अवस्थामा मस्जिदमा पनि नमाज पढ्छन् । महिला र पुरुष अनिवार्य रुपमा छुट्टाछुटै समूहमा नमाज पढ्न कुरानमै लेखिएको छ ।

हामी एक–अर्काले एक–अर्काको धर्मलाई सम्मान गर्छौं नै, यसमै सबैको हित छ । यसै महान पर्व ईदको अवसरमा सम्पूर्ण मुस्लिम समुदाय र यसप्रति सम्मान राख्ने तपाईंलाई पनि शुभकामना ।