जिल्ला शिक्षा कार्यालय कमीशनको दलदलमाः बिद्यार्थी नेताहरु

1119

बीरगंज २२ असार – पर्साको जिल्ला शिक्षा कार्यालयमा जिल्लाको शैक्षीक अवस्थाका बिषयमा कुनै अभिलेख नभएको बिद्यार्थी नेताहरुले आरोप लगाएका छन । जिल्लाको शैक्षीक क्षेत्रको नियमन गर्ने प्रमुख संस्था जिल्ला शिक्षा कार्यालयको अवस्था नै दयनीय भएपछि जिल्लाको शैक्षीक अवस्था राम्रो हुन नसक्ने नेपाल बिद्यार्थी संघका नेता बद्री तिवारीले बताए ।

जिल्लाको शिक्षा क्षेत्रमा देखिएको शैक्षीक अराजकतालाई नियमन गर्ने निकाय जिल्ला शिक्षा कार्यालय र त्यसका प्रमुख कमाउ धन्दामा लागेकोले जिल्लाको शिक्षा क्षेत्र निकै नै कंलकीत हुन पुगेको नेताहरुको आरोप छ । जिल्ला शिक्षा अधिकारी राम बिनय सिंह आर्थिक वर्षको समाप्ती तिर भौतीक निर्माणको कमशीन संकलनमा ब्यस्त रहेको बिद्यार्थी नेताहरुको दावी छ । 13618107_656914801125757_2087316328_n

जिल्लामा क्रियाशिल बिद्यार्थी संगठनहरु नेपाल बिद्यार्थी संघ, नेकपा एमाले निकट अनेरास्ववियु,माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारी,समाजवादी बिद्यार्थी फोरमका ,नयाँ शक्ति र राष्ट्रीय मधेश सुमाजवादी बिद्यार्थी संगठनका नेता सम्मिलत टोली बुधवार जिल्ला शिक्षा कार्यालयमा डेलीगेशन गएका बिद्यार्थी नेताहरुले शिक्षा कार्यालयको अवस्था देखेर चिन्ता ब्यक्त गरेका छन । र जिल्ला शिक्षा कार्यालय चरम लापरवाही र अराजकताको शिकार भएको उनीहरुको बुझाई छ ।

जिल्लामा संचालीत संस्थागत बिद्यालयहरुले मनपरि रुपमा शुल्क लिएका छन । उनीहरुले काूननको धज्जी उडाउदै भौतीक पूर्वाधार निर्माण भन्दै शुल्क लिएर अभिभावकको ढाड सेक्दा समेत जिल्ला शिक्षा कार्यालय मौन हुनुलाई बिद्यार्थी नेताहरुले चरम अराजकताको रुपमा लिएका छन ।

बिद्यार्थी नेताहरुको डेलीगेशनले जिल्ला शिक्षा कार्यालय पर्सासंग पर्सामा संस्थागत बिद्यालयहरुको संख्या,जिल्लामा बितरीत छात्रबृतिको बिवरण,भौतीक संरचना निर्माणको बजेट र प्रगती विवरण र नीजि बिद्यालयहरुले कुन मापदण्डामा शुल्क निर्धारण गरेका हुन त्यसको अभिलेख माग गरेका थिए । बिद्यार्थी संगठनले माग गरेको सूचनाहरु तत्काल उपलब्ध गराउनु पर्नेमा जिल्ला शिक्षा कार्यालयले साउनमा माग अनुसारको सूचना दिने भन्दै कुनै पनि कामको अभिलेखीकरण नगरेको आफनो अयोग्यता लुकाउने प्रयास गरेको अनेरास्ववियु क्रान्तिकारीका नेता प्रभाकर गुप्ताले बताए । जिल्ला शिक्षा अधिकारी रामबिनय सिंहले असार १० गते नेपाल बिद्यार्थीसंघको टोलीलाई असार १८ गते सबै सूचना दिने प्रतिवद्धता जनाएका थिए । तर २२ गते जिल्ला शिक्षा कार्यालयमा गएर सूचना माग गर्दा साउनको पहिलो साता आउन भनेको नेविसंघका नेता तिवारीको कथन छ ।

ग्रमाणी क्षेत्रका बिद्यालयहरुको निर्माण र मरम्मतकालागि निकासा भएको बजेटमा प्रत्यक्ष कमीशन, कमीशन प्रतिशत र प्राविधिक कमीशन असुलीमा शिक्षा कार्यालयको कर्मचारीहरु संलग्न भएको केही बिद्यालयका प्रअहरुले आरोप लगाएका छन । जिल्ला शिक्षा कार्यालयका प्राविधिकहरुले निर्माणको काममा चाँजपास गर्दा टेक्नीकल कमीशन लिने गरेको दावी अभिभावकहरुले बताएका छन ।“ टेक्नीकल कमीशन”शब्दको बिकास नै जिल्ला शिक्षा कार्यालयमा रहेका प्राविधिकहरुको कमीशन लिने तरिकाबाट बिकास भएको एक बुद्धिजीवीको भनाई छ ।

डेलीगेशनमा बद्री तिवारी,प्रभाकर गुप्ता, रामबाबु यादव,निखिल वरनवाल,मदुसुदन चौरसिया कुन्दन गुप्ता र सुनिल रौनीयार लगायतका बिद्यार्थी नेताहरुको सहभागिता रहेको थियो ।