काठतस्कर र वन कर्मचारीबीच गोली हानाहान

142

वीरगंज, २४ असार – बिरुवागुठी नजिकैको राष्ट्रिय वनज·लमा काठ तस्कर र सशस्त्र वन कर्मचारीबीच गए राति गोली हानाहान भएको छ ।

मधुवन मधवल सेक्टर वन कार्यालय, बढनियारको सशस्त्र वनका जमदार प्रदिप तिमल्सिना र फरेस्टर सुरेन्द्र कोइरीको नेतृत्वमा खटेको टोली र काठ तस्करबीच बिरुवागुठी–५ को बगरमा गोली हानाहान भएको थियो ।

Model-Technical-Education

तस्करले वन कर्मचारीमाथि १ राउन्ड भरुवा बन्दूक चलाएपछि वन कर्मचारीबाट जवाफी गोली चलाइएको थियो । तस्कर फरार र तीनवटा साइकल, बन्चरो, तीन थान अवैध सालको गोलिया  (२५ क्युफिट) बरामद भएको बताइएको छ ।

anubhuti-education

स्थानीय तस्करको पहिचान गरेर मुद्दा चलाइने मधुवन मधवल सेक्टर वन कार्यालय बढनिहारका सहायक वन अधिकृत सर्जुग चौरसियाले बताए । आजको प्रतीक दैनिकमा समाचार छ ।

bit

st-xavier

AMC