अमेरिकामा आयोजित प्रर्दशनमा गोली प्रहार, ४ प्रहरीको मृत्यु

    309

    डालास, २४ असार – अमेरिकाको डालासमा अायाेजित एक विरोध प्रर्दशनको कार्यक्रममा बन्दुकधारीहरुले गोली प्रहार गरि चार जना प्रहरी अधिकारीहरुको हत्या गरेका छन् ।

    मिनेसोटा र लुइसियानामा काला जातिका युवकहरुमाथि प्रहरीले चलाएको गोलीले उनको मत्यु भएको विषयमा अमेरिकाको डालसमा प्रर्दशन गरिएको थियो ।

    प्रर्दशनका क्रममा काला जातिका युवाहरुको हत्याको बदलामा प्रर्दशनकारीले गोली चलाएको अनुमान गरिएको छ । प्रदर्शनको क्रममा अचानक गाेली चलेपछि भागदौड मच्चिएको थियो ।

    उक्त भागदौड र गोली प्रहारका कारण थुप्रै प्रहरीअधिकारीहरु घाइते भएको र केही अवस्था चिन्ता जनक रहेको बताइएको छ ।

    अमेरिकाको मिनेसोटामा प्रहरीले काला जातिका व्यक्तिहरुलाई गोली चलाएको भिडियो सार्वजानिक भएपछि कालाजातिले विरोध प्रदर्शन गरेका छन् । यस विषयमा अहिले अमेरिकामा बहस चर्किएको छ ।