अमेरिका द्वारा नेपालललाई थप भन्सार छुट दिने घोषणा

291

काठमाडौँ, २४ असार – अमेरिकाले नेपालललाई थप भन्सार छुट दिने घोषणा गरेको छ । नेपाल सहित विभिन्न अल्पविकशित देशलाई नयाँ भन्सार छुट घोषणा गरेको अमेरिकाले लगेज, झोला, हातेझोला र वालेट जस्ता यात्रा सामग्रीका लागि भन्सार नलिने जानकारी दिएको छ ।

US-Embassy-press-release-on-duty-free

यो सुविधापछि नेपालले अन्तरगत भ्रमणजन्य सामाग्रीहरु जस्तै सुटकेश, विभिन्न प्रकारका झोला, हाते झोलाहरु, थैली(पर्स)हरु निर्यात गर्न सक्नेछ।

अमेरिकाको व्यापार प्रतिनिधीको कार्यालय (युएसटीआर) ले जनरलाइज्ड सिस्टम अफ प्रेफरेन्सेस (जीएसपी) कार्यक्रमअन्तर्गत एनुअल प्रोडक्ट रिभ्यु (वार्षिक उत्पादन समीक्षा) घोषणा गर्दै नेपाल सहितका अल्प विकशित देशलाई नयाँ भन्सार छुटको घोषणा गरेको हो ।

नयाँ नियम जुलाई १ (आगामी असार १७) देखि लागु हुनेछ । केही समय अघि मात्र केही दिन अघि मात्र अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपाललाई स्पेसल ट्रेड प्रेफरेन्सेस (विशेष व्यापार ग्राह्यता) दिन स्वीकृति प्रदान गर्ने कानुनमा हस्ताक्षर गरेका थिए ।

नेपालबाट अमेरिका निर्यात हुने ६६ प्रकारका सामाग्रीमा भन्सार छुट प्राप्त भैसकेको छ । जसमा कार्पेट, गार्मेन्टका उत्पादनदेखि यात्रा गर्दाको बखत प्रयोग हुने सामाग्रीसम्म छन् ।