मरम्मत अभावमा वीरगंजवासीलाई समस्या

1007
यातायात व्यवस्था कार्यालयसम्म पुग्न बाटोको अवस्था । तस्बिर : डि इस्टेट डेली

वीरगंज, २४ असार – एसियाली विकास बैंकको आयोजनामा मझौला शहरी एकीकृत वातावरणीय सुधार आयोजनाद्वारा सञ्चालित नगर क्षेत्रका विभिन्न ठाउँमा बाटो खनेर निर्माण काम भइरहेको तर मरम्मतमा तदारुकता नदेखाएको कारण नगरवासी समस्यामा परेका छन् ।

स्थानीय बासिन्दाको गुनासो भए पनि सबैभन्दा बढी प्रभावित यातायात व्यवस्था कार्यालय भएको छ । सवारीको जिम्मा पाएको यातायात व्यवस्था कार्यालयसम्म पुग्न बाटो छैन । बाटो खनेको तीन महिना भयो, मरम्मत भने हुन सकेको छैन । बाटो खने पनि वैकल्पिक बाटो नदिएको कारण यातायात व्यवस्था कार्यालयमा सवारी दर्ता तथा बिक्रीलगायत अन्य काम प्रभावित भएको कर्मचारीहरू बताउँछन् । बाटो बिग्रेको हुँदा कार्यालयको राजस्वमा २० प्रतिशत आएको जनाइएको छ ।

Model-Technical-Education

त्यसैगरी पानीटड्ढी एरियामा पनि बाटो खनी मरम्मत नगरेको गुनासो टोलवासीले गुनासो गरेका छन् । पानीटड्ढी निवासी जोगेन्द्र साहले बाटो खने पनि वैकल्पिक बाटो नदिएको आरोप छ ।

त्यसैगरी श्रीसिया नदीदेखि पूर्वपट्टी पद्मरोडमा बाटो खनेको र मरम्मत गरिएको छैन । पद्मरोड भएर आउनेजाने गाडी दुर्घटनामा पर्ने गरेको छ । वीरगंजका विभिन्न ठाउँमा बाटो खनेको तर मरम्मत सम्भार नगरेको कारण पानीको बेला समस्या झन् बढ्ने देखिन्छ ।

बाटो बनाउनु अघि वैकल्पिक बाटो दिन नियम रहेको कार्यकारी अधिकृत विष्णु कोइरालाले बताए । वीरगंजको लागि ठूलो काम हुन गइरहेकोले समस्या बुझिदिन उनले आग्रह गरे ।

anubhuti-education

यस विषयमा आयोजना प्रमुख शैलेन्द्र श्रेष्ठसँग बुझ्दा बाटो बिग्रेको जानकारी भएपछि ठेकेदार कम्पनीलाई वैकल्पिक बाटो दिन, मरम्मत–सम्भारमा रहेका बाटो खुलाउन पत्राचार गरेको बताए । यस विषयमा ठेकेदार कम्पनीका प्रतिनिधि ठाकुर ढकालसँग बुझ्दा विकासको लागि केही दु:ख हुने बताए । परियोजनाबाट बाटो खुलाउन पत्र आएकोले आजदेखि पावरहाउस चोकदेखि लक्ष्मणवाचोकसम्म वनवे बाटो खोल्ने तथा पानीटड्ढीको हकमा क्रस बाटो भएको ठाउँमा ग्रेभल खसाली बाटो खोल्न लागेको उनले बताए । आजको प्रतीक दैनिकमा समाचार छ ।

bit

st-xavierAMC