यस्ता छन सामसुङको नोट-7 विषेशताहरु

436

काठमाडौँ, २४ असार – स्मार्टफोनको दुनियाँमा आफूलाई स्थापित गराउन सफल सामसुङले स्मार्टफोनमा रमाउन चाहनेहरूका लागि पुन: अर्को स्मार्टफोन सामसुङ ग्यालेक्सी नोट-7 ल्याउन लागेको छ।

सामसुङले ल्याउन लागेको उक्त नोट-7 मा के विषेशता छ भन्ने विषयमा धेरैलाई जिज्ञासा पनि छ। सायद यही जिज्ञासालाई मेटाउने उदेश्यकै लागि होला, एक बेन्चमार्किङ एप्लिकेशन अन्तुतुमार्फत ग्यालेक्सी नोट-7 को विषेशताहरू लिक गरिएको छ।

अन्तुतुका अनुसार ग्यालेक्सी नोट ७ मा ४ जिबीको र्‍याम हुनेछ भने यसमा एण्ड्रोइड ६.०.१ मार्समालो प्रयोग गरिनेछ। यसअगाडि ग्यालेक्सी नोट ७ मा ६ जिबीको र्‍याम हुने बताइँदै आएको थियो ।

यो स्मार्टफोन ५.७ इन्चको हुनेछ र १४४०×२५६० पिक्सेल रिजोलुसन हुनेछ।  ग्यालेक्सी नोट ७ आईरिस स्क्यानरहिसत आउने अन्तुतुले जनाएको छ।

आईरिस स्क्यानर भन्नाले स्मार्टफोन अनलक गर्नका लागि सम्बन्धित व्यक्तिले हेरमात्र पुग्ने भन्ने हो। यस्तै, यसलाई अनलक गर्नका लागि औँलाको छापको प्रयोग पनि गर्न सकिने समाचारमा जनाइएको छ।  तर, सामसुङले भने यस विषयमा कुनै जानकारी दिएको छैन् ।

तर, यसले ६ जिबीको र्‍याम प्रयोग गर्ने र ४ हजार एमपिएच ब्याट्रीको प्रयोग गर्ने अनुमान गरिँदै आएको थियो।  यस्तै, अन्य समाचारहरूमा सामसुङले ग्यालेक्सी ७ मा क्वालकम स्न्यापड्रागन ८२० प्रोसेसर र ३२ जिबी स्टोरेज क्षमताका साथै स्टोरेज क्षमता माइक्रो एसडी कार्डबाट थप्न मिल्ने जनाइएको थियो।

साथै, यसमा ड्युअल पिक्सेल सेटअपसहित १२ एमपी क्यामेरा प्रयोग गरिने हल्ला पनि चलाइएको थियो भने यो पानीबाट सुरक्षित अर्थात् वाटर रेसिस्ट हुने समेत समाचारमा आएका थिए।