राजश्व बुझ्नका लागि बिदाको दिन पनि पुरै कारोबार गर्न बैंकहरुलाई निर्देशन

381

काठमाडौँ, २४ असार – नेपाल राष्ट्र बैंकले शनिवारको दिनसमेत राजश्व बुझ्नका लागि बैंकहरुलाई निर्देशन दिएको छ । शुक्रबार सुचना जारी गर्दै केन्द्रीय बैंकले २५ गते शनिवार र ३१ गते शुक्रबारका दिन पुरै समय बैंक खोलेर राजश्व वुझ्न निर्देशन दिएको हो ।

राष्ट्र बैंकले सरकारी कारोबार गर्ने सबै बैकका नाम सुचना जारी गर्दै भोली साँझ ४ बजेसम्म र अर्को शुक्रवार अर्थात ३१ गते साँझ ५ बजेसम्म राजश्व बुझ्न निर्देशन दिएको हो ।

चालु आर्थिक बर्षको राजश्व बुझ्ने अन्तिम साता भएकाले राष्ट्र बैंकले राजश्व बुझ्ने समय मिलाउन निर्देशन दिनु परेको हो ।