हलिउड फिल्म खेल्दै ऋचा

344

मुम्बई, २४ असार – अभिनेत्री ऋचा चढ्डा हलिउडको फिल्ममा अभिनय गर्न लागेको खबरले चर्चामा छिन् ।

उनी हलिउड स्टार डेमी मुरसाग अभिनय गर्ने लगभग पक्का भएको समाचार एजेन्सीले उल्लेख गरेका छन् । ‘सर्वजित’ फिल्ममा छोटो भूमिका निर्वाह गरे पनि सबैको मन जित्न सफल भएकी ऋचाले डेबिड वोमार्कको प्रोडक्सनमा बन्ने सो फिल्ममा अभिनय गर्ने मौका पाएकी छिन् ।

डेबिडले यसअघि ‘मार्क लाइफ अफ पाई’ फिल्म निर्माण गरिसकेका छन् । लसएन्जल्स र हङकङमा सुटिङ हुने सो फिल्ममा फ्रिदा पिन्टोले पनि अभिनय गर्नेछिन् । मानव तस्करीको विषयमा बन्ने फिल्मले आफूलाई हलिउडमा पाइला टेकाउने विश्वास ऋचाको छ ।