हिलारी क्लिन्टन फेरि विवादमा, इमेल प्रकरण पुनः छानबीन हुने

    257

    वाशिंगटन, २४ असार – संयुक्त राज्य अमेरिकाका पूर्व विदेशमन्त्री एवम् राष्ट्रपतिको आगामी निर्वाचनका लागि उम्मेदवार रहेकी हिलारी क्लिन्टनको इमेल काण्डको पुनः अनुसन्धान गरिने भएको छ ।

    उनले आफू विदेशमन्त्री रहेको समयमा आफ्नो निजी कामका लागि भन्दै कार्यालयको इमेल सर्भर प्रयोगगरी पत्राचार गरेकी थिइन् ।

    यस विषयमा अमेरिकामा निकै ठूलो विवाद उत्पन्न भएको थियो । उनी आगामी निर्वाचनमा डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार रहेकाले पनि यस विषयलाई झनै विवादमा ल्याइएको थियो ।

    अमेरिकाको विदेशमन्त्रालयका प्रवक्ता जोन कर्बीले यस विषयको छानबीनका लागि मन्त्रालयले पुनः यसको समीक्षा गर्ने भएको जानकारी दिए ।
    तर यसअघि भने अब त्यस विषयमा कुनै पनि प्रकारको अनुसन्धान वा कारबाही गर्र्नुनपर्ने भनी समाचार आएको थियो ।

    केही दिनमात्र अघि अमेरिकाका महान्यायाधिवक्ताले यस विषयमा क्लिन्टनलाई कुनै पनि किसीमको वा फौजदारी अभियोग लगाउन नमिल्ने सार्वजनिक जानकारी गराएका थिए ।
    तर यस कारबाहीको विषयमा केही नभनेको भएपनि अमेरिकी विदेशमन्त्रालयले भने यस मुद्दालाई उक्त मन्त्रालयले एकपटक पुनः समीक्षा वा पुनरावलोकन गर्ने भएको जनाएको हो ।

    बिहीबार विदेशमन्त्रालयका प्रवक्ता कर्बीले यस विषयमा पुनः अनुसन्धान गरिने बताएको विभिन्न सञ्चारमाध्महरुले जनाएका छन् ।

    तर सो कस्तो किसीमको छाबीन हो र कहिलेसम्ममा यो छानबीन पूरा हुने हो भन्ने बारेमा भने केही बताइएको छैन ।

    पूर्व विदेशमन्त्री क्लिन्टनलाई उनीआफू विदेशमन्त्री भएको समयमा आफ्ना निजी कुराहरुको पत्राचारका लागि किन कार्यालयको इमेल सर्भर प्रयोग गरेकी थिइन भन्ने बारेमा निकै प्रश्न गरिएको थियो । रासस÷सिन्ह्वा