पत्रकारिताको तीन दिने तालिम सुरु

810

वीरगन्ज, २५ असार – पर्सामा शनिवारदेखी आधारभुत तथा विकास पत्रकारिताको ३ दिने तालिम शनिवार सुरु भएको छ । नेपाल पत्रकार माहासंघको आयोजन र माहासंघ कै सभाकक्षमा भएको तालिम एक औपचारिक कार्यक्रमबिच उद्घाटन गर्दै पर्साका स्थानीय विकास अधिकारी विश्वप्रकाश अर्यालले दक्ष पत्रकार र ब्यवसायिक पत्रकारिताले नै सामाजलाई सहि अर्थमा विकासतर्फ डोर्याउने बताए ।

जिल्ला विकास समितिको कार्यालय पर्साको सहयोगमा भइरहेको तालिमको उद्घाटन सत्रको सभाध्यक्षता गर्दै माहासंघ, पर्साका श्याम बञ्जाराले पर्साको पत्रकारितामा नयाँ पुस्ताबाट धेरै आशा गरिएको बताए । उनले अब ब्यवसायिक पत्रकारिता मात्र टिक्ने भएकोले तालिम र दक्षता अधिबृधी गर्दै लैजानु पर्नेमा जोड दिए ।

प्रशिक्षक केसी लामिछानेले विकासको प्रतिफलस्वरुस्पमा जनसमुदाउयको जीवनस्तरमा साकारात्मक परिवर्तन आएको हुनु पर्ने बताउदै त्यसलाई माध्यमले टेवा पुर्याउने जोड दिएको सहभागिले बताए । माहासंघ पर्साको आफ्नै भवनमा भएको तालिमलाई तालिम संयोजक तथा सहजकर्ता रितेश त्रिपाठीले पर्सेली पत्रकारिताको इतिहासमा महत्वपुर्ण भने । ‘हामीले आफ्नै भवनभित्र ब्यवसायिक सिपको दक्षताको लालिम आयोजन गरेका छौं, यो महत्वपुर्ण र ऐतिहासिक छ,’ त्रिपाठीले भने । उनले पत्रकारिताका आधारभुत पक्षमा प्रकाश पारेका थिए । प्रशिक्षर्थी प्रणय साहले यस तालिमलाई क्रियाशील पत्रकारिताको लागि धेरै उपयोगी ठानेको बताए ।