सुनको भाउ बढ्यो

413

वीरगंज, २६ असार – सुनको भाउ आइतवार फेरी तोलामा एक सय बढेर ५९ हजार रुपैयाँ कायम भएको छ । आईतवार छापावाल सुन ५९ हजार र तेजावी सुन प्रतितोला ५८ हजार ७ सय ५० रुपैयाँमा कारोवार भईरहेको छ ।

शुक्रवार छापावाल सुन ५८ हजार ९ सय र तेजावी सुन ५८ हजार ६ सय ५० रुपैयाँमा कारोवार भएको थियो । आइतवार चाँदी प्रति तोला ९ सय ५ रुपैयाँमा कारोवार भईरहेको छ ।

अन्तर्राष्ट्रिय बजार मुल्यको प्रभावकै कारण नेपाली वजारमा सुनको भाउ उत्तरचडाव आइरहेको छ । यो वर्ष सुनको भाउ अझ माथि जाने अनुमान गरिएको छ ।