संविधान संशोधन गरेर सबैका माग सम्बोधन गर्नुपर्छ : प्रचण्ड

179

काठमाडौँ, २६ असार – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गरेर असन्तुष्ट पक्षहरुको माग सम्बोधन गर्नुपर्ने बताएका छन्।

माओवादी निकट पाँचवटा बुद्धिजीवी संगठनको एकता कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै प्रचण्डले देशमा उठेका सबै आन्दोलनहरुको अगुवाइकर्ता माओवादी भएकोले उनीहरुका माग सम्बोधन गर्न पहल गर्ने बताए।

‘हरेक आन्दोलन माओवादी विचारले निर्माण गरेको हो मधेस, थारुवान, जनजाति सबैका माग संविधान संशोधन गरेर सम्बोधन गर्नुपर्छ’, प्रचण्डले भने, ‘नयाँ राजनीतिक महौल निर्माण गर्ने जिम्मा माओवादीले लिनुपर्छ।‘ प्रचण्डले अब माओवादी हरेक घरधुरीमा पुगेर जनतासँग सम्वाद गर्ने बताए।

‘महाधिवेशनअगाडि माओवादी सबै जनताको घरमा पुग्छ। हामीबाट भएका गल्तीका लागि माफी माग्छौँ’, उनले भने, ‘जनतासँग एकपटक मौका दिनुस् भनेर एकताबद्ध भएर हामी सबैको घरमा पुग्नेछौँ।‘