नायक विनय श्रेष्ठ आज विवाह बन्धनमा बाँधिदैं

528

काठमाडौँ, २७ असार – नायक विनय श्रेष्ठ आज विवाह बन्धनमा बाँधिन लागेका छन् । उनले आफ्नो ३ वर्ष लामो प्रेम सम्बन्धलाई सोमबार विवाहमा परिणत गर्न लागेका हुन् ।

विनय एनी श्रेष्ठसँग तीन वर्षदेखि प्रेम सम्बन्धमा रहेका थिए । ब्युटी थेरापिष्ट एनी र विनयबीच गत वर्ष मात्र इन्गेजमेण्ट भएको थियो ।

उनीहरुको विवाह राजधानीको एक पार्टी प्यालेसमा चलिरहेको छ । उनीहरूको विवाहका अाफन्त, नजिकका चलचित्रकर्मी र केही पत्रकारहरूलार्इ समेत निम्त्याइएको छ ।

विनय नायिका ऋचा शर्मासँग प्रेम सम्बन्ध टुंगिएपछि एनीसँग नजिकिएका थिए । उनीहरुले ३ वर्ष लामो प्रेम सम्बन्धलाई गत वर्ष विवाहमा परिणत गर्ने योजनाका साथ इन्गेजमेण्ट गरेका थिए ।

विनय अभिनय तथा चलचित्र निर्माणमा संलग्न रहँदैं आएका छन् ।