प्रधानमन्त्री ओली र प्रचण्डवीच भेट हुँदै

300

काठमाडौँ, २७ असार – राष्ट्रिय सहमतिको सरकारका लागि पहल थालेका प्रचण्डले अहिले प्रधानमन्त्री केपी ओलीसँग भेट हुँदैछ । राष्ट्रिय सहमतिको सरकारका विषयमा प्रधानमन्त्रीको अन्तिम धारणा बुझ्ने मूडमा प्रचण्ड रहेको स्रोतको भनाई छ ।

माओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रभाकरले प्रधानमन्त्रीसँग राष्ट्रिय सहमतिका विषयमा प्रचण्डको कुराकानी हुने बताए । उनले आफ्नो पार्टीले राष्ट्रिय सहमतिका लागि सवै विकल्पमा खुला छलफल गरिरहेको बताए ।

प्रधानमन्त्री ओली तीन बुँदे भद्रसहमति अनुसार राष्ट्रिय सहमतिको सरकारका लागि तयार नभए गठबन्धनबाट सम्बन्ध विच्छेद गर्ने मनस्थितिमा छ । माअ‍ोवादी केन्द्रका सोमवार विहान बसेको वैठकले राष्ट्रिय सहमतिको सरकार सम्बन्धी अन्तिम निर्णय लिन प्रचण्डलाई जिम्मा दिएको छ ।